ताजा समाचार

सुनको मूल्यमा सामान्य वृद्धि

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ७१ हजार ३०० रुपैयाँ कायम छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org