ताजा समाचार

मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं । सल्यानमा सोमबार मध्यरातमा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रोल्पाको झ्यामबाट सल्यानको दमाचौर आउँदै गरेको रा १ क ५३० नम्बरको मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

सोमबार राति करिब १२ बजेतिर मिनी ट्रक दुर्घटना हुँदा चालक चन्द गम्भीर घाइते र अस्पतालमा लैजाँदा गर्दा बाटोमा नै रोल्पा जिल्लाको गंगादेव गाउँपालिका–३ का ३५ वर्षीय चालक हरि चन्द जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दुर्घटनामा परेको मिनी ट्रक सडकदेखि ५० मिटर तल खसेको र दुर्घटनाको कारण भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशम खत्री बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org