अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : नेपाल र म्यानमारबिच आज उपाधि भिडन्त
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा जारि फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको उपाधिका लागि आज घरेलु टोली नेपालले म्यानमारको सामना गर्दैछ ।
गत ५ फागुनदेखि काठमाडौंमा सुरु भएको प्रतियोगितामा नेपालसहित म्यानमार, कीर्गिस्तान र लेबनान प्रतिस्पर्धामा थिए । जसमा नेपाल र म्यानमार दुवैले लेबनान र कीर्गिस्तानलाई हराउँदै फाइनलमा स्थान बनाएका हुन् ।
फाइनल खेल दशरथ रङ्गशालामा साँझ ६ बजेबाट सुरु हुनेछ । नेपाल आजको खेल जित्दै उपाधि खडेरी अन्त्य गर्न चाहन्छ । लिग चरणमा भएका तीन–तीन खेलमा दुई–दुई खेल जित्दै र एक बराबरी खेल्दै समान ७ अंक जोडेर दुुवै टोली फाइनलमा पुगेका हुन् । गोलअन्तरमा म्यानमार पहिलो र नेपाल दोस्रो हुँदै फाइनलमा स्थान बनाए ।
त्यस्तै, आज नेपालले समग्रमा १३औँ पटक फाइनल खेल्दै छ । नेपाली महिला टिम ‘साफ महिला च्याम्पियनसिप’मा चारपटक भारत र दुईपटक बंगलादेशसँग तथा दक्षिण एसियाली खेलकुद (साग)मा तीनपटक भारतसँग फाइनलमा पराजित भएको छ ।
नेपाल र म्यानमारबीच चारपटक प्रतिस्पर्धा भएको छ । जसमा म्यानमारले दुई खेल जित्दा दुई खेल बराबरीमा सकिएको छ । सन् २०१८ मा भएको ‘ओलम्पिक एसिया छनोट’ पहिलो चरणमा नेपाल र म्यानमारले १–१ को बराबरी खेलेका थिए भने सन् २०१९ मा भारतमा सम्पन्न ‘हिरो कप लिग चरण’मा नेपाल म्यानमारसँग ३–० तथा फाइनलमा ३–१ ले पराजित हुन पुगेको थियो ।
१२औँ पटक फाइनलमा असफल भएको नेपाललाई घरेलु मैदानमा फाइनल जित्दै पहिलो पटक उपाधि जित्ने सुनौलो अवसर छ ।
फाइनल खेलका लागि साधारणतर्फ एक हजार र भीआईपीतर्फ दुई हजार टिकट दर तोकिएको छ । फाइनल खेलमा निर्धारित समय बराबरी भए अतिरिक्त ३० मिनेट थप हुने र त्यसपछि पनि बराबरीमा भएमा खेल पेनाल्टी सुटआउटमा जाने छ ।
Comments
अरु समाचार
-
एमालेको महाधिवेशन बिथोल्ने नियतसहित कुलमानले नागढुंगाको बाटो बन्द गरे
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले एमालेको महाधिवेशन बिथोल्न भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले नागढुंगाको बाटो बन्द गरेको आरोप लगाएका...
-
भ्रष्टाचार न्यूनिकरणमै थप समय खर्चिनेछुः किशोर सिलवाल
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल उमेरहदका कारण मंगलबारदेखि अवकाशमा गएका छन् । २०७७ माघ २१ गते...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
तोकिएको समयमै निर्वाचन सम्पन्न गराउन पूर्वराष्ट्रपति भण्डारीको प्रधानमन्त्री कार्कीलाई आग्रह
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित ढंगले निर्वाचन गर्न आग्रह गरेकी छन्...
-
विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारी पूर्पक्षका लागि थुनामा
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश...












