प्रतिकुल मौसमका कारण हवाई सेवा प्रभावित
काठमाडौं । प्रतिकुल मौसमका कारण हवाई सेवा प्रभावित भएको छ । यहाँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार भिजिबिलिटी कमजोर हुँदा कैयौँ हवाई उडान प्रभावित भएका छन् ।
कार्यालयका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार दोहाबाट काठमाडौंका लागि आएका कतार एयरवेजका क्युआर६५२ जहाज कलकत्ता डाइभर्ट गरिएको छ । त्यसबाहेक मलेसियाबाट आएको नेपाल एयरलाइन्स र एयर चाइनाका विमान पनि डाइभर्ट भएका छन् । मौसमकै कारण सिचुआन एयरलाइन्सको उडान रद्द भएको छ ।
मौसमका कारण आन्तरिक उडान पनि प्रभावित भएका छन् । कार्यालयका अनुसार काठमाडौँ–पोखरा, काठमाडौँ–भरतपुर, काठमाडौँ–नेपालगञ्ज, काठमाडौँ–राजविराज, काठमाडौँ, विराटनगर, काठमाडौँ–जनकपुर, काठमाडौँ–भद्रपुर, काठमाडौँ–भैरहवा लगायतका केही उडान रद्द भएको कार्यालयले जनाएको छ । साथै अधिकांश उडान डिले भएका छन् । प्रवक्ता शेर्पाका अनुसार दिउँसोदेखि भने उडान सामान्य रूपले भइरहेको छ ।
Comments
अरु समाचार
-
प्रतिनिधिसभाको चैत १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार
काठमाण्डौ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाको आउँदो १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार गरेको छ । हिजो बसेको ‘कार्यव्यवस्था परामर्श समिति’ को...
-
केही केही ठाउँमा चट्याङसहित वर्षा, तराईमा हावाहुरीको सम्भावना
काठमाण्डौ । आज देशका पाँच वटा प्रदेशका केही ठाउँमा हावाहुरी चल्ने सम्भावना छ । दिउँसोपछि कोशी, मधेस, बागमती, गण्डकी र...
-
आजको राशिफल: २०८१ चैत ३ गते आइतवार
मेष: थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने...
-
वीरगञ्ज भन्सारले संकलन गर्यो एक खर्ब नौ अर्ब राजस्व
वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा एक खर्ब ९ अर्ब २२ करोड ८५ लाख राजस्व सङ्कलन...
-
त्रिचन्द्रमा मतपत्रमा विवाद, सभापतिका उम्मेदवारले लगाए ताला
काठमाडौं । त्रिचन्द्र क्याम्पसमा स्ववियुका उम्मेदवारले नै निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाएका छन् । मतपत्रमा नाम गोलाप्रथाबाट राख्ने कि दर्ताको...
-
चीनसँगको सहकार्यलाई प्रगाढ बनाउँदै पारस्परिक हितमा लगानी बढाउनुपर्छ: सभामुख घिमिरे
काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपालको दिगो विकासका लागि चीनसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै पारस्परिक हितका क्षेत्रमा थप लगानी गर्नुपर्ने...
-
काठमाडौंमा आज तरकारी र फलफूलको थोक मूल्य यस्तो (सूचीसहित)
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका...
-
एनएसएलको तालिका सार्वजनिक: उद्घाटन खेलमा ललितपुर र काठमाडौंको भिडन्त
काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) फुटबलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक भएको छ । लिगको उद्घाटन खेलमा चैत १६ गते साविक...
-
मिथिलासहित मधेशका विभिन्न ठाउँमा आज पनि होली
काठमाण्डौ : मिथिला क्षेत्रसहित मधेश प्रदेशका विभिन्न ठाउँमा आज पनि होली मनाइँदैछ । मधेशका धेरै ठाउँमा फागुन पूर्णिमा सकिएर चैत...