जनकपुर भन्सारबाट २४ करोड ७३ लाख राजश्व सङ्कलन
काठमाडौं । जनकपुर भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०८१/८२ को हालसम्ममा रु २४ करोड ७३ लाख ६९ हजार राजस्व सङ्कलन गरेको छ ।
कार्यालयको ५७ करोड सात लाख १७ हजार राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य रहेको छ । चालू आवको वार्षिक राजस्व लक्ष्यको तुलनामा हालसम्ममा ४३ प्रतिशत मात्र राजस्व सङ्कलन भएको कार्यालयका भन्सार अधिकृत रविन्सलाल दासले जानकारी दिए । उनका अनुसार चालू आवको साउन महिनामा ७७.७८ प्रतिशत, भदौमा ५६, असोजमा ७७.४५, कात्तिकमा ६८.७१, मङ्सिरमा ७६.६०, पुसमा ८६.३१, माघमा ७९.६५ तथा फागुन १५ गतेसम्ममा २५.७९ प्रतिशत राजस्व सङ्कलन भएको छ ।
उक्त भन्सारअन्तर्गत जटही नाकाबाट अर्धतयारी कपडा, हार्डवेयर सामग्री, टायल्स, ग्रेनाइट, कोइला, कृषिउपज, कृषिका लागि विषादी, खाद्यान्न, तरकारी एवं फलफूल, खेलकुद सामग्री, स्टेशनरी, विभिन्न उद्योगका कञ्चापदार्थ, घरायसीलगायत सामग्री आयात भएको भन्सार अधिकृत दासले बताए ।
उक्त भन्सार कार्यालयअन्तर्गत इनरुवा, मैनाथपुर तथा भडडीया छोटी भन्सार कार्यालयसमेत रहका छन् । ती कार्यालयलाई रु पाँच हजारसम्मको भन्सार राजस्व लिने अधिकार रहेको छ । राजस्व सङ्कलन लक्ष्यको तुलनामा कमी हुनुका मुख्य कारण चोरी तस्करी नियन्त्रण नहुनु, आर्थिक मन्दीलगायत रहेको छ ।
Comments
अरु समाचार
-
आज काठमाडौंसहित देशका पहाडी जिल्लामा धुमधामकासाथ होली मनाइँदै
काठमाडौं । आज फागु पूर्णिमा अर्थात रंगहरुको पर्व होली काठमाडौंसहित पहाडी क्षेत्रमा धुमधामसँग हर्षोल्लासका साथ मनाइँदै छ । फागुन शुक्ल...
-
अनाथालयमा टिपर पस्दा ३ जनाको मृत्यु
काठमाडौं । साँखुको अनाथालयमा मानिस सुतिरहेकै कोठामा टिपर पस्दा ३ जनाको मृत्यु भएको छ। आज बिहान ३ः४० बजे अनाथालयभित्र बा...
-
आजबाट होली सुरु
काठमाडौं । आजबाट रङ्गहरूको पर्वले चिनिने होली सुरु भएको छ । आज बिहान काठमाडौंको वसन्तपुरमा चीर ठड्याइएपछि विधिवत रुपमा होली...
-
डबल लेनको बनाउने गरी बिपी राजमार्ग पुनर्निर्माणको ठेक्का लगाउने अन्तिम तयारी
काठमाडौं । गत असोजमा आएको बाढीले भत्किएको बिपी राजमार्गस्थित सिन्धुली तर्फको सडक निर्माणका लागि ठेक्का लगाउने अन्तिम तयारी भएको छ...
-
ठेक्का लगाएको सात बर्षमा पनि रामेछापको कोलन्जोर घाटमा पुल बनेन
जिल्लाको कोलन्जोर घाटमा निर्माणाधीन पक्की पुलको काम सम्पन्न भएको छैन । ठेकेदारको लापरबाहीका कारण रामेछापको ‘लाइफलाइन’का रूपमा रहेको यो पुल...
-
सातै प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्र स्थापना हुँदै
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सातै प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्र स्थापना गर्ने भएको...
-
थापाथलीको सडकमा ५ लाख लिटर पानी बग्यो
काठमाडौं । थापाथलीमा आज बिहान खानेपानीको पाइप फुट्दा करिब ५ लाख लिटर पानी खेर गएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)...
-
काठमाडौं महानगरद्वारा १८० नगर प्रहरीलाई ट्राफिक व्यवस्थापन तालिम
काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर प्रहरी बल, नगर प्रहरी हवल्दार र जवान गरी १८० जनाका लागि ट्राफिक व्यवस्थापन तालिम सुरु...
-
बजेट अभावमा गैँडा गणना अन्योलमा
काठमाडौं । हरेक पाँच–पाँच वर्षमा गरिने गैँडा गणना बजेट अभावमा अन्योलमा परेको छ । दाताहरुको भरमा गणना गरिंदै आएकोमा यस...