आइसीसी च्याम्पियन्स ट्रफीको समूह विजेता बन्यो भारत
काठमाण्डौ । आइसीसी च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत समूह विजेता बनेको छ । भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ । दुबईमा हिजो जीतका लागि २ सय ५० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४५ ओभर ३ बलमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो । त्यसअघि टस जितेर न्युजिल्यान्डले बलिङ रोजेको थियो ।
पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनाएको थियो । जीतपछि भारतको ६ अङ्क भएको छ । न्युजिल्यान्डले ४ अङ्क जोडेको छ । अन्तिम खेल अगाडि नै दुवै टिम सेमिफाइनलमा पुगिसकेका थिए । यसअघि समूह चरणको खेलमा भारतले पाकिस्तान र बङ्गलादेशलाई समान ६ विकेटले हराएको थियो ।
न्युजिल्यान्डले पाकिस्तानलाई ६० रनले र बङ्गलादेशलाई ५ विकेटले हराएको थियो । यो समूहबाट बङ्गलादेश र पाकिस्तान बाहिरिएका थिए । अर्को समूहबाट अष्ट्रेलिया र दक्षिण अफ्रिकाले सेमिफाइनल पुग्दा इङ्ग्ल्यान्ड र अफगानिस्तान समूह चरणबाट बाहिरिएका थिए ।
Comments
अरु समाचार
-
निजी वकिललाई सरकारी कार्यालयमा निषेध गर्ने रमन अहिले फकाउँदै
काठमाडाैं । भनिन्छ नि मानिसले आफ्नो कर्मको फल आफैँले बेहोर्नुपर्छ । त्यस्तै हुँदै छ, देशभरका वकिलहरूको साझा संस्था नेपाल बार...
-
पूर्वराजा शाहलाई राप्रपाको अध्यक्ष बनाउन देउवाको सुझाव
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाको अध्यक्ष बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुझाव दिएका छन् । शाह संवैधानिक राजा...
-
दलितको घर भत्काइएका बारेमा छानबिन गर्न संसदीय समिति गठनको माग
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ गर्ने भन्दै सोही स्थानका दीपक मल्लिकको घर भत्काइएको घटनाको...
-
सभामुख देवराज घिमिरे चैत २० गते उज्वेकिस्तान जाने
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे चैत २० गते उज्वेकिस्तान जाने भएका छन् । अन्तरव्यवस्थापिका संघ (आईपीयू)को १५० औं महासभामा...
-
अस्कल र पीएन क्याम्पसमा स्ववियुको मतदान जारी
काठमाडौं । काठमाडौंको अमृत साइन्स क्याम्पस (अस्कल) र कास्कीको पृथ्वीनारायण (पीएन) क्याम्पसमा स्ववियुको मतदान भइरहेको छ । त्रिभुवन विश्वविद्यालयले गत...
-
संघीय संसदका दुई समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसदका दुई समितिको बैठक बस्दैँछ ।संघिय संसद सचिवालय सिंहदरबार परिसरमा ती बैठक बस्नेछन् । सचिवालयका अनुसार आज...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज...
-
आईपीएलको उद्घाटनमा आज कोलकाता र रोयल च्यालेन्जर्स भिड्दै
काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औं संस्करण आजदेखि शुरू हुँदैछ । कोलकाताको इडन गार्डेन मैदानमा आज हुने उद्घाटन...
-
धेरै ठाउँमा हल्का वर्षा, भोलिदेखि पश्चिमबाट मौसम सुधार हुने
काठमाण्डौ । देशका धेरै ठाउँमा हल्का वर्षा भएको छ । गण्डकी प्रदेशका केही जिल्लामा मध्यम वर्षा र काठमाण्डौसहित अरु ठाउँमा...