केपी ओली कप फुटबलको उपाधि मच्छिन्द्र एफसीले जित्यो
काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र एफसीले जितेको छ । दशरथ रंगशालामा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २-० गोलले हराउँदै मछिन्द्रले तेस्रोपटक केपी ओली कपको उपाधि जितेको छ । केपी ओली कपको पहिलो, दोस्रो संस्करण जितेको मछिन्द्रले तेस्रो संस्करणको उपाधि पनि आफ्नो पक्षमा पार्यो ।
मछिन्द्रका लागि स्टेफेन जमाहाले एक गोल गर्दा एक गोल उपहार पायो । खेलको २९औं मिनेटमा मछिन्द्रका सनिस श्रेष्ठले प्रहार गरेको गोल रोक्न खोज्दा आर्मीका डिफेन्डर बिमल पाण्डेले आफ्नो गोल पोष्टमा प्रहार गरे ।
बिमलको आत्मघाती गोलबाट अग्रता लिएको मछिन्द्रका स्टेफेनले खेलको ७३औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र मछिन्द्रले तेस्रोपटक केपी ओली कपको उपाधि जित्यो ।
उपाधि जितेको मछिन्द्रले १५ लाख ११ हजार एक सय ११ प्राप्त गर्यो । फाइनलमा पराजित भएको आर्मीले ५ लाखमा चित्त बुझाउनुपर्यो । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भएको प्रतियोगितामा दुई विदेशीसहित ९ टोली सहभागी थिए ।
फाइनल खेल हेर्न इटलीका लिजेण्ड गोलकिपर जियानलुइजी बुफन र प्रधानमन्त्री केपी शर्मा ओली पनि रंगशालामा उपस्थित भएका थिए ।
Comments
अरु समाचार
-
पूर्वराजा ज्ञानेन्द्र शाह पक्राउ पर्न लागेका हुन् ?
काठमाडाैं । राजगद्दीका लागि मरिहत्ते गरिरहेका पूर्वराजा ज्ञानेन्द्र शाहले चालिरहेको कदम सफल हुने कुनै छाँट देखिएको छैन् । अहिले पूर्वराजा...
-
निजी वकिललाई सरकारी कार्यालयमा निषेध गर्ने रमन अहिले फकाउँदै
काठमाडाैं । भनिन्छ नि मानिसले आफ्नो कर्मको फल आफैँले बेहोर्नुपर्छ । त्यस्तै हुँदै छ, देशभरका वकिलहरूको साझा संस्था नेपाल बार...
-
पूर्वराजा शाहलाई राप्रपाको अध्यक्ष बनाउन देउवाको सुझाव
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाको अध्यक्ष बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुझाव दिएका छन् । शाह संवैधानिक राजा...
-
दलितको घर भत्काइएका बारेमा छानबिन गर्न संसदीय समिति गठनको माग
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ गर्ने भन्दै सोही स्थानका दीपक मल्लिकको घर भत्काइएको घटनाको...
-
सभामुख देवराज घिमिरे चैत २० गते उज्वेकिस्तान जाने
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे चैत २० गते उज्वेकिस्तान जाने भएका छन् । अन्तरव्यवस्थापिका संघ (आईपीयू)को १५० औं महासभामा...
-
अस्कल र पीएन क्याम्पसमा स्ववियुको मतदान जारी
काठमाडौं । काठमाडौंको अमृत साइन्स क्याम्पस (अस्कल) र कास्कीको पृथ्वीनारायण (पीएन) क्याम्पसमा स्ववियुको मतदान भइरहेको छ । त्रिभुवन विश्वविद्यालयले गत...
-
संघीय संसदका दुई समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसदका दुई समितिको बैठक बस्दैँछ ।संघिय संसद सचिवालय सिंहदरबार परिसरमा ती बैठक बस्नेछन् । सचिवालयका अनुसार आज...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज...
-
आईपीएलको उद्घाटनमा आज कोलकाता र रोयल च्यालेन्जर्स भिड्दै
काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औं संस्करण आजदेखि शुरू हुँदैछ । कोलकाताको इडन गार्डेन मैदानमा आज हुने उद्घाटन...