थापाथलीको सडकमा ५ लाख लिटर पानी बग्यो
काठमाडौं । थापाथलीमा आज बिहान खानेपानीको पाइप फुट्दा करिब ५ लाख लिटर पानी खेर गएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ । यसअघि माघ ३० गते बबरमहलमा मेलम्चीको पानी वितरण गरिएको पाइप फुट्दा १० लाख लिटर पानी खेर गएको थियो । यसपटक भने समस्या समाधान छिटो गरिएको छ । बबरमहलमा नेपाल विद्युत् प्राधिकरणका कारण पाइप फुटेको लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए ।
पाइप फुटेको थप कारणका बारेमा अध्ययन भइरहे पनि प्रारम्भिक रुपमा पानीको चाप धेरै भएकाले फुटेको हुनसक्ने उनले बताए। बिहान पाइप फुटेदेखि लिमिटेडको प्राविधिक समूहले थापाथली क्षेत्रमा अध्ययन गरिरहेको छ । त्यहीँबाट लगिएको फोहर पानीको पाइप पनि बिग्रिएको अवस्थामा भेटिएको प्रवक्ता राईले बताए ।
पाइप खरिद गर्दा ‘थर्ड पार्टी इन्स्पेक्सन’ गरेर ल्याएको लिमिटेडले जनाएको छ । मानवीय कारणले केही समस्या भएको भए त्यसलाई सच्याइने जनाइएको छ । थापाथलीमा फुटेको पाइपलाई अहिले लिमिटेडले व्यवस्थापन गरिसकेको छ । त्यस क्षेत्रमा केही दिनमा पूर्ववत् अवस्थामाझैँ पानी वितरण गरिने प्रवक्ता राईले बताए । यसका लागि लिमिटेडको प्राविधिक समूहले अहिले पाइप फुटेको थापाथली क्षेत्रमा काम गरिरहेको छ ।
खानेपानीसँग सम्बन्धित बाहेकका सरकारी निकायले सडक खन्दा समन्वय नगर्दा धेरै ठाउँका पाइपमा समस्या हुने गरेको छ । कहिलेकाहीँ पानीको चापले पनि पाइपमा समस्या हुने गरेको लिमिटेडले जनाएको छ ।
Comments
अरु समाचार
-
ट्यांकरको ठक्करबाट दुई बालकको मृत्यु
काठमाडौं । बाँकेमा पानी बोक्ने ट्यांकरको ठक्करबाट दुई बालकको मृत्यु भएको छ। उक्त घटना पश्चत आक्रोशित स्थानीयले पानी ट्यांकरमा आगजनी...
-
उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (के.यु.के.एल.) ले उपत्यकाका विभिन्न १३ स्थानमा रहेका पोखरी व्यवस्थापन गर्दै नयाँ वितरण सञ्जालबाट पानी...
-
कोशी प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य
काठमाडौं । कोशी प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य गरिएको छ । बिहीबार बिहान बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले चालु हिउँदे...
-
स्ववियु निर्वाचनः मादी बहुमुखी क्याम्पसमा निर्वाचनमा अनेरास्ववियुको प्यानलै निर्वाचित
काठमाडौं । संखुवासभाको मादी बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा एमालेनिकट अनेरास्ववियुको प्यानलै निर्वाचित भएको छ । मंगलबार...
-
जिउँदै गाईलाई ढुंगाले हान्दै निर्ममतापूर्वक नदीमा बगाइयो
काठमाडौं । जिउँदै गाईलाई ढुंगाले हान्दै निर्ममतापूर्वक नदीमा बगाइएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । ‘गौदान गरेको दृश्य’...
-
बाल सुधार गृहलाई सुरक्षित बनाउन सांसदहरूको माग
काठमाडौं । सांसदहरुले बाँकेको जयन्दु बाल सुधारगृहमा शनिबार भएको तनावबारे सरकारको ध्यानाकर्षण गराएका छन् । बाल सुधारगृहमा साना-ठूला उमेर समूहकालाई...
-
मोरङमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु
काठमाडौं । कोशी राजमार्ग अन्तर्गत मोरङको बूढीगंगा खण्डमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका...
-
होलीमा दुई पक्ष बीच वादविवाद हुँदा १ राउण्ड हवाई फायर
काठमाडौं । बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल गुप्ता र स्थानीय पशुराम गिरीसँग वादविवाद हुँदा...
-
अलैँचीको मूल्यमा गिरावट, कृषक चिन्तित
काठमाडौं । अलैँचीको मूल्यमा निरन्तर गिरावट आएसँगै संखुवासभा, ताप्लेजुङ सहित पूर्वी पहाडी जिल्ला पाँचथर, इलाम तेह्रथुमका कृषक तथा व्यापारीहरू मारमा...