ताजा समाचार

एमसीसी र युएसएड रोकिँदा अर्थतन्त्रमा वार्षिक २० अर्बले असर पर्छ

काठमाडौं । राष्ट्रिय सभाको शुन्य समयमा राष्ट्रिय सभा सदस्यहरुले समसामयिक विषयमा आफ्ना धारणा राखेका छन् ।

बिहीवार बसेको राष्ट्रिय सभा बैठकमा सदस्यहरुले आफ्ना धारणा राखेका हुन् । राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकायले रुकुम (पश्चिम)मा रहेको दुई वटा विमानस्थल बन्द रहेकाले यथाशिघ्र सञ्चालनका लागि सरकारसँग माग गरे ।

राष्ट्रिय सभा सदस्य पदमबहादुर परियारले अमेरिकी अन्तर्राष्ट्रिय सहायता सम्बन्धी युएसएड र एमसीसी बन्दा हुँदा अर्थतन्त्रमा वार्षिक २० अर्ब प्रभाव परेको बताए । उनले यसबाट पर्ने असरको व्यवस्थापनका लागि सरकारले कसरी काम गर्दैछ भन्ने बारे सदनमा जानकारी गराउन सरकारको ध्यानकर्षण गराए ।

त्यस्तै, सदस्य पूजा चौधरी सिरहामा रिङ्कु सदाको बलात्कारपछि भएको हत्यामा संलग्न हत्यारालाई समात्न र पीडित परिवारलाई तत्काल क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराए ।

राष्ट्रिय सभा सदस्य विष्णुदेवि पुडासैनीले शिक्षा विधेयक छिटो पास गर्न सरकारको ध्यानाकर्षण गराए । उनले संविधान बनेको १० वर्षमा सबै पार्टीहरु सरकारको सञ्चालनमा पुगेपनि शिक्षा विधेयक नबन्नु सबै सरकारको कमजोरी भएको आरोप लगाए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org