लोकतन्त्र बलियो भएमा मात्र मुलुक समृद्ध बन्छ- देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको हरेक लोकतान्त्रिक आन्दोलनमा भूतपूर्व सैनिकले पुयाएको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित नेपाल भूतपूर्व सैनिक सङ्घको छैठौँं केन्द्रीय महाधिवेशन उद्घाटन गर्दै उनले सबै भ्रातृ एवं शुभेच्छुक संस्था बलियो भएमात्रै कांग्रेस पार्टी बलियो हुने चर्चा गरे । उनले कांग्रेस बलियो भएमात्रै लोकतन्त्र सुदृढ हुने र नेपाल समृद्ध मुलुक बन्नसक्ने बताए ।
सभापति देउवाले भने,“लोकतन्त्रमा मात्रै सबै वर्गको अधिकार सुनिश्चित हुन्छ, सबै भ्रातृ एवं शुभेच्छुक संस्था बलियो भए हाम्रो पार्टी बलियो हुन्छ । नेपाली कांग्रेस बलियो पार्टी भएमात्रै नेपाल समृद्ध मुलुक बन्नसक्छ । यसमा विशेष ध्यान दिन मेरो अनुरोध छ ।” उनले भूतपूर्व सैनिकका सेवा र सुविधाका विषयमा समस्या रहेको कुरालाई बुझेर आफूले समाधानका लागि पहलकदमी गरिरहेको बताए ।
उनले गोरखा भर्ती केन्द्रका बारेमा सरकारसँग कुरा भइरहेको पनि जानकारी गराए । गोरखा भर्तीका समस्या समाधानका लागि कूटनीतिक तहमा कुरा अगाडि बढाउने प्रतिबद्धता जनाए ।
उनले भने,“नेपालका भूतपूर्व सैनिक साथीको समस्या नभएको होइन, यसमा स्पष्ट छु । गोरखा भर्ती केन्द्रका बारेमा सरकारसँग कुरा भइरहेको छ ।
साथीहरुको सुझाव लिएर भोलिका दिनमा समस्या समाधानका लागि कूटनीतिक तहमा कुरा अगाडि बढाइनेछ । नेपाली भूतपूर्व सैनिकमा पेन्सनको जुन विभेद् छ, त्यसप्रति म जानकार छु । समस्या समाधानका लागि हामी लागिरहनेछौँ ।”
पार्टीका सहमहामन्त्री भीष्मराज आङ्दम्बेले भूतपूर्व सैनिकको त्याग, तपस्या र बलिदानले नेपाली कांग्रेसले यो स्थान हासिल गर्न सफल भएको बताए ।
उनले नेपाली कांग्रेसलाई थप व्यवस्थित बनाउन अनुशासनको व्यवस्थालाई प्रभावकारी बनाइनुपर्छ भने । लोकतान्त्रिक खेलकुद सङ्घको महाधिवेशन निर्देशक समितिका प्रमुख एवं केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले भूतपूर्व सैनिक सङ्घ पार्टीले भर गर्नसक्ने सङ्गठनका रुपमा विकसित हुन सकोस् भन्ने शुभकामना व्यक्त गरे ।
उनले नेपाली सैनिकको नाम लिने वित्तिकै विश्वले शिर उच्च बनाउने अवस्था रहेको भन्दै पार्टीलाई पनि अनुशासित बनाउन महत्वपूर्ण योगदान दिन आग्रह गरे । बस्नेतले सार्वजनिक खपतका लागि पार्टीभित्रको विषयलाई अनावश्यक उछाल्ने काम हुन नहुने भन्दै सैनिक सङ्घलाई बलियो बनाउँदा पार्टी बलियो हुने प्रष्ट पारे ।
नेपाली कांग्रेसको महिला विभागको प्रमुख एवं केन्द्रीय सदस्य पुष्पा भुसालले भूतपूर्व सैनिकले हरेक राजनीतिक उत्तरचढावमा काम गर्न, नेपालको पहिचान कायम राख्न ठूलो योगदान पु¥याएको बताए । कांग्रेस केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले लोकतन्त्र प्राप्ति र पुनःप्राप्तिको आन्दोलनमा भूतपूर्व सैनिकको महत्वपूर्ण योगदान रहेको बताउँदै भूतपूर्व सैनिकले जानेको सीप र दक्षतालाई पार्टीमा उपयोग गरेर बलियो बनाउनुपर्छ भने ।
उनले पार्टीको अबको यात्रामा भूतपूर्व सैनिकको भूमिकालाई प्रभावकारी बनाइनुपर्छ भन्नेमा जोड दिए । सङ्घको राष्ट्रिय महाधिवेशन यही फागुनसम्म २४ गतेसम्म चल्नेछ ।
Comments
अरु समाचार
-
नेपाल प्रहरीको आईजीपीमा नियुक्त दीपक थापा को हुन् ?
काठमाडौं । नेपाल प्रहरीको ३१औं प्रहरी महानिरीक्षक (आईजीपी) मा दीपक थापा नियुक्त भएका छन्। सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई...
-
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. वाग्ले नियुक्त
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा. डा. अच्युत वाग्ले नियुक्त भएका छन् । प्रधानमन्त्री समेत रहेका केयूका कुलपति...
-
मंगलबारदेखि पोखरा-छेन्दु नियमित उडान हुने
काठमाडौं । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना ७० वर्ष पुगेको अवसरमा चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान हुने...
-
प्रचण्डलाई भेट्न राजेश हमाल खुमलटारमा
काठमाडौं । महनायक राजेश हमाल माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रचण्ड निवास खुमलटार पुगेका छन् । प्रचण्ड सचिवालयका अनुसार...
-
ट्रम्प र पुटिनबीच मङ्गलबार युक्रेनबारे छलफल हुने
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध अन्त्यका लागि रुसी समकक्षी भ्लादिमिर पुटिनसँग मङ्गलबार कुरा गर्ने योजना रहेको...
-
एसइई तयारी पूरा, पाँच लाख १४ हजार ७१ विद्यार्थीले जाँच दिने
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा गरेको छ। परीक्षा...
-
स्ववियु चुनाव शान्तिपूर्ण रुपमा गराउन मन्त्रालयको अनुरोध
काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निष्पक्ष एवम् तटस्थ र शान्तिपूर्ण रुपमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव गराउन अनुरोध...
-
एमाले सचिवालय बैठक आज बस्दै
काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।...
-
आजको राशिफल : २०८१ चैत ४ गते साेमवार
मेष मिहिनेत गर्दा चिताएकाे काम सम्पादन गर्न सकिनेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। साथीभाइकाे आगमनले परिवेश उल्लासमय...