ताजा समाचार

अनाथालयमा टिपर पस्दा ३ जनाको मृत्यु

काठमाडौं । साँखुको अनाथालयमा मानिस सुतिरहेकै कोठामा टिपर पस्दा ३ जनाको मृत्यु भएको छ। आज बिहान ३ः४० बजे अनाथालयभित्र बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भइ छिरेको थियो, जसको कारण उक्त दुर्घटना भएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराका अनुसार, टिपरको ठक्करबाट २१ वर्षीय आकाश, २१ वर्षीय सुमन, र ४५ वर्षीय हरिजनको मृत्यु भएको छ।

यो टिपर शंखरापुर नगरपालिका-६ साँखु सलम्बुटारस्थित ब्रमखेल सडक खण्डमा सिन्धुपाल्चोक मेलम्ची-१२ का २५ वर्षीय सागर माझीले चलाएको थियो । उक्त अनाथालय युबराज थापाले सञ्चालन गर्दै आएका थिए । द्वन्द्व पीडित र अपाङ्ग समाज संस्थाले बनाएको जस्ताको टहरामा ६१ जना बस्दै आएका थिए। टिपरले छिरेको कोठामा १० जना सुतिरहेका थिए।

घटनामा ३ जनाको मृत्यु भए पनि अन्य ७ जना घाइते भएका छन् । उनीहरूलाई उपचारको लागि नेपाल मेडिकल कलेज अत्तरखेल पठाइएको छ। तीनै मृतकलाई अस्पतालले मृत घोषणा गरेको हो। टिपर र चालकलाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org