ताजा समाचार

बिपि राजमार्ग पुनर्निर्माणको ठेक्का लगाउने अन्तिम तयारी

काठमाडौं । गत असोजमा आएको बाढिले भत्किएको बिपि राजमार्गस्थित सिन्धुलीतर्फको सडक निर्माणका लागि ठेक्का लगाउने अन्तिम तयारी भएको छ ।

काभ्रे र सिन्धुलीको सिमाना बर्खे खोला देखि नेपालथोक सम्मको करिब साढे तीन किमि सडक निर्माणका लागि ठेक्का लगाउने तयारी भएको सडक डिभिजन कार्यालय खाल्टे सिन्धुलीका प्रमुख पारश हमालले जानकारी दिए।

अबको केही दिनमै ठेक्का सुचना निकाल्ने तयारीमा कार्यालय जुटेको उनको भनाई छ । २ बर्षमा काम सम्पन्न गर्ने गरि ठेक्का आव्हान गर्ने गरि काम भइरहेको कार्यालय प्रमुख हमालले जानकारी दिए ।

पुनर्निर्माण हुने बिपि राजमार्ग डबल लेनको बन्ने कार्यालयले जनाएको छ । भ्याट र अन्य कर बाहेक करिब ६५ करोड लागतमा सडक पुनर्निर्माण गर्ने गरि ठेक्काको तयारी भएको कार्यालयले जनाएको छ ।

गत असोजको बाढिले सिन्धुलीको सुनकोसी गाउपालिकाको नेपालथोक देखि काभ्रेको भकुण्डे नजिक सम्म करिब १२ किलोमीटर सडक पूर्णरुपमा बगाएको थियो ।

सडक बगाएपछि हाल अस्थायी रुपमा रोसिको बगरबाट ट्याक सडक बनाइ सवारी सन्चालन हुँदै आएको छ । रोशिको बगरबाट अस्थायी रुपमा सञ्चालन भएको सडकलाइ समेत हाइट उठाएर बर्खामा समेत चल्ने गरी काम भैरहेको कार्यालय प्रमुख हमालले जानकारी दिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org