संखुवासभामा राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता हुने
काठमाडौं । संखुवासभा जिल्लाको मादी नगरपालिकामा चौथो मादी राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुने भएको छ। मादी नगपालिकाको आयोजनामा फागुन २९ देखि चैत ३ गतेसम्म राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुने भएको हो ।
मादीको ओखरबोटे बजारमा रहेको नगरपालिकाको कभर्डहलमा प्रतियोगिता आयोजना गरिने मादी नगरपालिका प्रमुख जीवन लिङ्थेपले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । पुरुष डबल, महिला डबल र पुरुष डबल भेटरन्स प्रतियोगितामा स्थानीयदेखि राष्ट्रिय खेलाडीहरूले प्रतिस्पर्धा गर्ने छन् ।
यस पटक उच्च तहका खेलाडीहरू विच प्रतिष्पर्धा उनको भनाइ छ । पुरुष डबल तर्फका प्रथम, द्वितीय र तृतीय हुने २ टिमले ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद ७५, ५० र २०–२० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
पुरुष डबल भेटरन्स तर्फका प्रथम, द्वितीय र तृतीय हुने २ टिमले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद ५०, ३० र १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै महिला डबल तर्फ प्रथम, द्वितीय र तृतीय हुने २ टिमले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद ४०, ३०, १०– १० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
Comments
अरु समाचार
-
कोशी प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य
काठमाडौं । कोशी प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य गरिएको छ । बिहीबार बिहान बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले चालु हिउँदे...
-
स्ववियु निर्वाचनः मादी बहुमुखी क्याम्पसमा निर्वाचनमा अनेरास्ववियुको प्यानलै निर्वाचित
काठमाडौं । संखुवासभाको मादी बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा एमालेनिकट अनेरास्ववियुको प्यानलै निर्वाचित भएको छ । मंगलबार...
-
मोरङमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु
काठमाडौं । कोशी राजमार्ग अन्तर्गत मोरङको बूढीगंगा खण्डमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका...
-
अलैँचीको मूल्यमा गिरावट, कृषक चिन्तित
काठमाडौं । अलैँचीको मूल्यमा निरन्तर गिरावट आएसँगै संखुवासभा, ताप्लेजुङ सहित पूर्वी पहाडी जिल्ला पाँचथर, इलाम तेह्रथुमका कृषक तथा व्यापारीहरू मारमा...
-
आज काठमाडौंसहित देशका पहाडी जिल्लामा धुमधामकासाथ होली मनाइँदै
काठमाडौं । आज फागु पूर्णिमा अर्थात रंगहरुको पर्व होली काठमाडौंसहित पहाडी क्षेत्रमा धुमधामसँग हर्षोल्लासका साथ मनाइँदै छ । फागुन शुक्ल...
-
अमेरिका बस्ने वडाध्यक्ष पार्टीबाट निलम्बित
काठमाडौं । अमेरिका बस्दै आएका एक वडाध्यक्षलाई नेकपा माओवादी केन्द्रले जिम्मेवारीबाट अनिश्चितकालका लागि निलम्बन गरेको छ । खोटाङको साकेला गाउँपालिका–४...
-
उदयपुरमा बोलेरोको ठक्करबाट दिदीबहिनीको मृत्यु
काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका-१२ डीएमगेटमा बिहीबार साँझ गाडीको ठक्करबाट एकै घरका दिदीबहिनीको घटनास्थलमै मृत्यु भएको छ । त्रियुगा-११ डीएमगेटबाट...
-
आजबाट होली सुरु
काठमाडौं । आजबाट रङ्गहरूको पर्वले चिनिने होली सुरु भएको छ । आज बिहान काठमाडौंको वसन्तपुरमा चीर ठड्याइएपछि विधिवत रुपमा होली...
-
सातै प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्र स्थापना हुँदै
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सातै प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्र स्थापना गर्ने भएको...