आगामी चैत २२ देखि उदयदेव प्रिमियर लिग हुँदै
काठमाडौं । दोस्रो संस्करणको उदयदेव प्रिमियर लिग आगामी चैत २२ गतेदेखि सञ्चालन हुने भएको छ । पाटन भ्याली क्रिकेट क्लबले प्रतियोगिताको आयोजना गर्ने निर्णय गरेको क्लबका अध्यक्ष सन्तोष जोशीले बताएका छन् ।
प्रतियोगितामा सहभागिता जनाउने टोलीले चैत २० गते साँझ ५ बजेसम्म दर्ता गराइसक्नु पर्नेछ । प्रतियोगितामा सहभागिताका लागि १३ हजार पाँच सय दर्ता शुल्क तोकिएको छ ।
प्रतियोगिताको विजेता टोलीले एक लाख एक हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेताले ४५ हजार ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष जोशीले जानकारी दिए ।
प्रतियोगितामा म्यान अफ द सिरिजलाई रु आठ हजार आठ सय ४८, बेष्ट ब्याट्स्म्यान तथा बेष्ट बलरलाई पाँच हजार पाँच सय ५५ र उदयमान खेलाडीलाई रु दुई हजार पाँच सय २५ सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
बैतडीमा रहेका धार्मिक एवं पर्यटकीयस्थलको प्रचारप्रसार तथा स्थानीयस्तरमा खेलको विकास गर्न गत वर्षदेखि क्लबले उदयदेव प्रिमियर लिगको आयोजना गर्दै आएको छ ।
Comments
अरु समाचार
-
एनएसएलको तालिका सार्वजनिक: उद्घाटन खेलमा ललितपुर र काठमाडौंको भिडन्त
काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) फुटबलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक भएको छ । लिगको उद्घाटन खेलमा चैत १६ गते साविक...
-
प्रधानमन्त्री कपको तयारी पूरा, आजदेखि तीन मैदानमा खेल सुरु
काठमाडौं । लुम्बिनी प्रदेशका तीन क्रिकेट मैदानमा आजदेखि प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुँदैछ। प्रतियोगिताका सबै तयारी...
-
संवैधानिक दायराभित्र रहन पूर्वराजालाई दलहरूको आग्रह
काठमाण्डाै ।पूर्वराजा ज्ञानेन्द्र शाह विभिन्न कार्यक्रममा सहभागी भइरहँदा र राजावादीहरूले सक्रियता बढाउँदै गर्दा मुख्य दलहरू सशङ्कित भएका छन् । सत्तारूढ...
-
संखुवासभामा राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता हुने
काठमाडौं । संखुवासभा जिल्लाको मादी नगरपालिकामा चौथो मादी राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुने भएको छ। मादी नगपालिकाको आयोजनामा फागुन...
-
चार देशीय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्ने
काठमाडौं । युगान्डामा सञ्चालन हुने चार देशीय महिला टी–२० शृङ्खलाअन्तर्गत आफनो पहिलो खेलमा नेपाली महिला क्रिकेट टोलीले नामिबियासँग खेल्ने भएको...
-
अष्ट्रेलियालाई हराउँदै भारत च्याम्पियन्स ट्रफीको फाइनल प्रवेश
काठमाडौं । आइसिसी च्याम्पियन्स ट्रफी–२०२५ मा भारत उपाधि नजिक पुगेको छ। मंगलबार दुबईमा भएको पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ४ विकेटले पराजित...
-
केपी ओली कप फुटबलको उपाधि मच्छिन्द्र एफसीले जित्यो
काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र एफसीले जितेको छ । दशरथ रंगशालामा भएको फाइनल खेलमा त्रिभुवन आर्मी...
-
केपी ओली कप: उपाधिका लागि आज मच्छिन्द्र र त्रिभुवन आर्मीको भिडन्त
काठमाण्डौ । तेस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज मच्छिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी क्लब खेल्दैछन्...
-
आइसीसी च्याम्पियन्स ट्रफीको समूह विजेता बन्यो भारत
काठमाण्डौ । आइसीसी च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत समूह विजेता बनेको छ । भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र...