ताजा समाचार

वुमन्स डे कप: युगाण्डामाथि नेपालको रोमाञ्चक जित

काठमाडौं । युगाण्डामा जारी वुमन्स डे कप टी–२० आई प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले रोमाञ्चक जित निकालेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको युगाण्डाले दिएको ७६ रनको लक्ष्य नेपालले १ बल बाँकी छँदा ९ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि सना प्रवीनले १७ तथा पुजा महतोले १६ रन बनाइन्।

कुनै समय ३९–२ को अवस्थामा रहेको नेपालले त्यसपछि ५०–४, ५६–५, ६८–६, ६९–७, ६९–८ हुँदै ६९ रनमै ९ विकेट गुमाएको थियो । अन्तिम ओभरमा ६ रन आवश्यक रहँदा रिया शर्मा र ईश्वरी विष्टले रन जोड्दै नेपाललाई जित दिलाए ।

युगाण्डाका लागि कप्तान जानेत बाबजीले ४ ओभरमा १८ रन दिएर ३ विकेट लिइन् भने सारा वालाजाले २ विकेट लिइन् ।

नेपालका लागि पुजा महतोले ४ ओभरमा १४ रन दिएर ३ विकेट लिइन् । कप्तान इन्दु बर्माले ४ ओभरमा ८ रन दिएर २ विकेट लिइन् । यसअघि शनिबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org