वर्षाले घटाएको वायु प्रदूषण देशका मुख्य शहरमा फेरि बढ्यो
काठमाण्डाै । फागुनको मध्यमा भएको वर्षाले घटाएको वायु प्रदूषण फेरि बढेको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो शहर र तराई क्षेत्रमा वायु प्रदूषण बढेको हो । सोमबार काठमाण्डौ विश्वकै दोस्रो वायु प्रदूषित शहर बनेको छ । उच्च वायु प्रदूषण भएका विश्वका ठूला शहरको सूचीमा भियतनामको हानोई शहरपछि नेपालको काठमाण्डौ रहेको विश्वभर वायु प्रदूषणको अनुगमन गर्दै आएको संस्था आईक्यू एअरले जनाएको छ । दिउँसो काठमाण्डौमा हावाको प्रदूषण मापन सूचक एक्यूआई १९० भन्दा माथि पुगेको छ ।
एक्यूआई १५० भन्दा माथि पुगेपछि मानिसका लागि अस्वस्थ मानिन्छ । दिउँसो काठमाण्डौ उपत्यकामा रहेका सबैजसो मापन केन्द्रहरूले एक्यूआई १५० भन्दा माथि देखाएका छन् । काठमाण्डौ उपत्यकाबाहिर पनि धेरै शहरहरूमा वायु प्रदूषण उच्च रहेकाे वातावरण विभागको तथ्याङ्कले देखाएको छ ।
धनगढी, अछाम, सुर्खेत, दाङ, पोखरालगायतका ठाउँमा रहेका मापन केन्द्रहरूमा पनि एक्यूआई १५० भन्दा माथि छ । वायु प्रदूषण उच्च हुँदा श्वासप्रश्वासजन्य समस्यासहित आँखा, मुटुलगायतमा समस्या पर्ने भएकाले सावधानी अपनाउन डाक्टरहरूले सुझाव दिएका छन् ।
Comments
अरु समाचार
-
धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएकाहरुको पहिचान खुल्यो, ८ गम्भीर
विराटनगर । धरानमा भएको बस दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान खुलेको छ । शैक्षिक भ्रमणका लागि जनकपुरबाट विद्यार्थी बोकेर आएको १...
-
दुर्गा प्रसाईंलाई कारबाही गर्न निर्वाचन आयोगले साइबर ब्यूरोलाई दियो निर्देशन
काठमाडौं । दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्दै निर्वाचन आयोगले प्रहरी साइबर ब्यूरोलाई निर्देशन दिएको छ । प्रसाईंले कांग्रेसको विशेष महाधिवेशनलाई...
-
कांग्रेस आधिकारिकता विवाद : देउवा समूहको रिट सर्वोच्चमा दर्ता, माघ ६ गतेलाई तोकियो पेसी
काठमाडौं । नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा रिट...
-
राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठद्वारा राजीनामा
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा दिएका छन्। संघीय...
-
आईसीसी महिला टी–२० विश्वकप छनोट : नेपाल थाइल्यान्डसँग पराजित
काठमाडौं । काठमाडौंमा आइतबारदेखि सुरु भएको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ।...
-
मेयर बालेनले आज राजीनामा दिँदै, अरु दिनको राजनीतिक गतिविधि कस्तो ?
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले आगामी दिनमा अघि बढाउने राजनीतिक गतिविधिको विस्तृत तालिका सार्वजनिक भएको छ। प्राप्त जानकारीअनुसार...
-
राष्ट्रियसभाको १९औँ अधिवेशन आजदेखि सुरु हुँदै, यस्तो छ कार्यसूची
काठमाडौँ । राष्ट्रियसभाको १९औँ अधिवेशन आजदेखि सुरु हुँदै छ । नयाँ वानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका...
-
गगन थापा समूहका महामन्त्री विधानतः अवैधानिक
काठमाडौं । निर्वाचन आयोगका अधुरा र अपुरा निर्णयले नेपाली कांग्रेसभित्र थप विवाद निम्त्याइरहेको छ । नेपाली कांग्रेसको वैधानिकता सम्बन्धी विवादबारे...
-
प्रतिनिधिसभा सदस्य निर्वाचन ४६ दिन बाँकी : आचारसंहिता पालनामा सबै पक्ष प्रतिबद्ध रहने विश्वास
काठमाडाैं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा भाग...











