नेपाल बारको आसन्न निर्वाचन र डीएलए नेतृत्व !
विषय प्रवेश:
बहुदलीय व्यवस्थाको प्रार्दुभावसँगै प्रजातन्त्रवादी कानून व्यावसायीहरुको समूहले गठन गरेको संस्था हो, डीएलए नेपाल। हाल यसको नेतृत्व सिताराम के.सी.जी ले गर्नुभएको छ। कुनैपनि संस्थामा संगठनलाई भन्दा अवसर वा नेतालाई महत्व दिन थालियो भने, आफूलाई नेता मान्नेहरु माथि अपमान वा बदलाको भाव साँच्ने हो भने त्यस्तो संगठन स्वभावत: धराशायी हुन जान्छ। वर्तमान अवस्थामा डिएलएले यहि नियती वा दुर्गती व्यहोरिरहेको छ।
हेलिकोप्टरमा ट्रायक्टरको इन्जीन !
जुनसुकै संस्था वा संगठनको नेतृत्वमा रहनेहरुसँग केही विशिष्ट गुणहरु अवश्य रहनु पर्ने हुन्छ। सदा हँसमुख अनुहार, आर्थिक मामिलामा उदारता, संगठनलाई जिवन्त राख्नका लागि चट्टानी अडान जस्ता विशेषताहरु नेतृत्वमा रहन सकेन भने हेलीकोप्टरमा ट्रायाक्टरको इन्जीन फिट गरेजस्तो अवस्था हुन जान्छ। वर्तमान डीएलए को नेतृत्वको रुन्चे अनुहार त्यसमाथिको अहंकार वा आडम्बर र संगठनप्रतिको धरमराहटले डीएलए मा आबद्ध मेची देखि महाकाली सम्मका साथीहरुको आशा र भरोशा चुँडिएको छ, निराशा चुलिएको छ। बारको वर्तमान नेतृत्वले आफ्नो प्रतिष्ठा वा विश्वास गुमाइसकेको छ।

कहाँनेर चुक्यो नेतृत्व ?
डीएलए को वर्तमान नेतृत्वको हाउभाउ, प्रस्तुती वा उपस्थिति कुनैपनि हिसाबले संगठन भित्रका साथीहरुका लागि शुरुका दिन देखि नै भरोशायोग्य अवश्य थिएन। यद्यपि टीम स्प्रीटमा रहँदा केहि अवश्य होला भनी आशा गर्नु स्वभाविक पनि थियो। नेतृत्व हात पर्नासाथ नेतृत्वमा देखा परेको अस्वभाविक घमण्ड र आडम्बरले भुँइ छाडिसकेको थियो। कानून व्यावसायि साथीहरुको जीवन वृत्ति, पेशागत मर्यादा, व्यावसायिक तालिम, स्वास्थ्य सुरक्षा र दुर्घटना विमा जस्ता सवालहरुमा नेतृत्वले शुरुदेखिनै आफ्नो असक्षमता देखाएकै थियो। त्यो भन्दा बढी आगामी आगामी २०८१ चैत्र २३ गते सम्पन्न हुन गईरहेको आसन्न बार निर्बाचनमा डीएलए को रहनुपर्ने ओजपूर्ण उपस्थिति, उम्मेदवारी घोषणा, सांगठनिक एकता कायम गर्न वर्तमान नेतृत्व पूर्णतया असफल भईसकेको छ। यसले उम्मेद्वािर घोषणामा पार्टीगत हस्तक्षेप भएको भन्दै सुतुरमुर्ग प्रवृत्तिमा टाउको लुकाउने पर्यत्न गरिरहेको छ। डीएलए नेपाली काँग्रेस पार्टीको शुभेच्छुक संस्था अवश्य हो। डीएलए ले पार्टीको आदेश के आउलारु भन्दै तुर्लुङ्ग च्यापु टेकाउने, नेतृत्वसँगको पराधिनतामा लम्पसार पर्ने, स्वनिर्णयको आँट गर्न नसक्ने, पार्टी नेतृत्वसँगको आश र त्रासमा आँफूलाई झुण्ड्याउने र संगठनको नामबाट केहि गर्नै नसक्ने भएपछि मातृ पार्टीले हस्तक्षेप गर्नु स्वभाविकै हो।
वर्तमान डीएलए को कन्द्रिय नेतृत्वका कारण संगठन विषाक्त र शिथिल भईसकेको छ। संगठनमा त्याग गरेका साथीहरुले नेतृत्वप्रति भर, पत्यार वा विश्वास गर्न छाडिसक्नुभएको छ। नेतृत्वको सत्ता रजगज केबल भ्यागुताको भुँडी फुलाई प्रतित हुन पुगेको छ। नेतृत्वप्रति चौतर्फी छिस् छिस् र दूर-दूरको अवस्था आइसकेको छ। नेपाली काँग्रेसले सामान्यतयस् शुभेच्छुक संस्थाका गतिविधिहरुमा हस्तक्षेप नगर्ने नीति अपनाएको कुरा तपाई हामी सबैलाई जानकारी नै छ तर जब शुभेच्छुक संस्थाको नेतृत्व आँफैले समयमा यथोचित निर्णय गर्न नसकेर पार्टीगत पराधिनतालाई ढोका खुला राख्छ, पार्टीप्रति लम्पसार वा त्वम् शरणमको नीति अख्तियार गर्दछ भने त्यो स्थितीमा पार्टी चुप लागेर बस्दैन, उसले आफ्नो हात वा गतिविधि अवश्य अघि बढाउछ, अहिले भएको त्यही हो। डीएलए को वर्तमान नेतृत्व इतिहासको सबै भन्दा दुरनाम भएको छ कि, अब पनि यहि नेतृत्वको जिम्मामा संगठन सुम्पिँदा बचेखुचेको संगठनको साख सबै समाप्त भएर जानेछ। एउटा लोकोक्ति पनि ख्याल गरौं, “भेडाले नेतृत्व गरेको सिंहको फौजलाई सिंहले नेतृत्व गरेको भेडाको फौजले पराजित गरिदिन्छ”, अहिले भएको त्यही हो। वर्तमान नेतृत्वको पछाडी भरोशा गरेर उभिएका हजारौं समर्थकहरुलाई यथोचित गन्तव्यमा पुर्या उन सक्ने क्षमता नहूँदा वा नेताहरुसँग ङिच्च दाँत ङिच्याउँदै लम्पसार पर्दा संगठनमा विचलन आउनु स्वभाविकै थियो। सायद यसमा नेतृत्वसँग लम्पसार भई आफ्नो दास स्वभाव प्रदर्शन गर्दा भविष्यमा केहि झर्ला र खाँउला भन्ने विश्वास तपाईलाई अवश्य होला तर, तपाईको यहि असक्षमताले गर्दा आँफू कसैले नपत्याउने गरि दुरनाम त हुनुभयो हुनुभयो संगठनलाई पनि चरम गुटवाजी गत झुण्डमा देखिने गरिनै विभक्त गराइदिनुभयो, यसको सम्पूर्ण जिम्मेवारी लिने थोरै भएपनि नैतिक साहस तपाईसँग छ-छैन ? डीएलए सम्बद्ध सबै साथीहरुको तर्फबाट प्रश्न सोध्न चाहन्छु।
डीएलए नेतृत्वको पेवा होइन !
डीएलए को वर्तमान नेतृत्वले आँफू संगठन भित्र दुरनाम भईसक्दा पनि दोष अरु कसैको टाउकोमा फ्याँकेर आँफूलाई पानी माथिको ओभानो बनाउने अत्यन्त दूरनियतपूर्ण दाउमा राखेको देखिन्छ। विशेषतस् पार्टीले हस्तक्षेप गरेका कारण आँफूले उम्मेद्वारर चयनमा भूमिका प्राप्त नगरेको भन्ने सफाई पेश गर्दै हिँडेको देखिन्छ। आफ्नो अक्षमता, अनुदार चरित्र र नालायकी व्यवहारलाई ढाकछोप गर्न वा टार्न उहाँले हालसम्म बारको उम्मेद्वाअरी घोषणा गरेको यतिका दिन वित्दा पनि आफ्नो समितिको मिटिङ्ग बोलाएर यथार्थ कुरा राख्ने वा भन्ने हिम्मत देखाउन सक्नुभएको छैन।उहाँकै कारणले उम्मेद्वा र बनाएर उभ्याईएका साथीहरुको चुनाबी माहोल सृजना गर्न वा सामान्य छलफल गराउनबाट उहाँ भागि रहनुभएको छ। डीएलए सम्बद्ध साथीहरुबाट उठ्न, उठाउन सकिने सम्भाव्य प्रश्नहरु वा असन्तुष्टिको सामना गर्न नसकेर, “तुर्के-मुताई”को अवस्थामा पुग्नु भएको छ, यो उहाँको नादानीपनले एक मिनेट पनि उहाँलाई नेतृत्वमा रहिरहन शोभा दिँदैन। डीएलए को वर्तमान नेतृत्वले संगठन भित्रका हजारौं स्वाभिमानी साथीहरुको स्वाभिमान माथि खेलबाड गरिरहेको छ। सामान्यत: नेपाली काँग्रेस पार्टीलाई समेत विश्वासमा लिएर वा आफ्नो चट्टानी अडान कायम गरेर उम्मेद्वानर छनौट समिति अर्थात डीएलए बाटै उम्मेद्वार घोषणा गर्न सक्नु पर्दथ्यो, यदि सो गर्न सक्नुभएन र झर्ला र खाम्लाको प्रेरणाबाट अभिप्रेरित भएर पार्टीपंक्ति सँग लम्पसारवादमा उहाँ पुग्नुभयो तब पनि घोषित उम्मेद्वा रहरुलाई साथमा लिएर डीएलए भित्रको असन्तुष्टिलाई समाप्त पार्न सक्नु पर्दथ्यो। दुबै कार्यमा आँफू नीरिह वा असफल स्थापित भईसकेपछि उहाँले आफ्नो पदीय दायित्वबाट अलग्गीनु बाहेक अर्को विकल्प रहन सक्दैन तसर्थ उहाँ आफूले राजीनामा गरेर वैकल्पिक नेतृत्वको लागि मैदान खाली गर्नु पर्दछ। नेतृत्वले संगठन भित्र सदैव आश वा त्रास जगाईरहनु पर्दछ, चुतिया मनस्थिति पालेर सदैव अरुलाई मारेर वा धोका दिएर होइन, नेतृत्वले आँफू स्वयं मर्न तयार भएर संगठनलाई जीवित राख्न सक्नु पर्दछ, संगठनमा काम गर्ने कार्यकर्ताहरु माझ इन्साफ वा न्याय प्रवाह पनि गर्नु पर्दछ। पार्टी नेतृत्व समक्ष च्यापु टेकाएर, तुर्लुङ्ग झुण्डिएर, के झर्ला र खाम्ला भनेर लम्पसार पर्ने नेतृत्वले आसन्न निर्बाचनमा डीएलएको तर्फबाट उम्मेद्वानरी दिनेहरुलाई कसरी सुरक्षित अवतरण गर्न सक्नुहुन्छ ? यसैलाई सिंहको फौजलाई भेडाले नेतृत्व गरेको अवस्था मान्नु पर्ने हुन्छ। डीएलएको नेतृत्वको नालायकीका कारण कतिपय निष्ठावान साथीहरु अन्यत्र ओत लाग्न पुगेको कुरालाई कसरी टुलुटुलु हेरेर बस्नुभएको छरु तपाई आँफैले संगठन भित्र डढेलो लगाउनका लागि आगो झोस्नुभएको छ, संगठन भित्र आगो झोसेका कारण लागेको डढेलोले संगठनको साझा चुल्हो बल्न हम्मे हम्मे हुन गएको छ, यो कुरामा न्यूनतम जिम्मेवारी लिनबाट किन भाग्दै हुनुहुन्छ ? नेतृत्व समक्ष मेरो मात्र होइन संगठन सम्बद्ध साथीहरुको अर्को पनि प्रश्न रहेको छ की, “हुँडारलाई भण्डार” को नेतृत्व सुम्पदाको अवस्था के हुन्छरु तपाईले संगठनलाई सोही हालतमा पुर्या उनुभएको छ र तपाई नायक होइन खलनायक सावित भईसक्नु भएको छ। तसर्थ, डीएलए मेरै पेवा हो भनेर संगठनलाई अनिर्णयको बन्दि नबनाउनुहोला हजुर समक्ष सबै साथीहरुको तर्फबाट विनम्र निवेदन गर्दछु।
डीएलए सम्बद्ध साथीहरु विचलित नहऔँ !
नेतृत्वले जस्तोसुकै नालायकीपन प्रदर्शन गरेतापनि हामी हाम्रो आस्थाको मुल्य, वैचारिक धरातल सांगठनिक अनुशासनबाट कहिल्यै पनि विचलित छैनौं। आसन्न निर्बाचनमा लोकतान्त्रीक मुल्य, मर्म र मान्यतालाई आत्मसात गर्दै डीएलए सम्बद्ध साथीहरु र यसको सांगठनिक सहयात्री उम्मेद्वा,रहरुलाई मतदान गर्नबाट कोही पनि भाग्ने छैनौं। तर, संगठनलाई अनिर्णयको बन्दि तुल्याएर संगठन भित्र कलह, द्वेष, वैमनश्य र झगडा सृजना गर्ने नेतृत्व हामी कसैका लागि स्विकार्य रहन सक्दैन। आफ्नो वैचारीक आस्था र धरातलबाट विचलित नहुन सबै साथीहरुसँग विनम्र आग्रह छ।
अब नेतृत्वले मैदान खाली गरोस !
डीएलए भित्र नायकको भुमिका प्रदर्शन गर्नुपर्ने नेतृत्व स्वयं खलनायक भईसकेपछि, नेतृत्वको विवेकहिनताले डीएलएको वैचारिक शक्ति क्षिण भईसकेपछि, नेतृत्वकै कारणले डीएलए भित्र राग, द्वेष र कलह सृजना भई संगठन अस्तव्यस्त भईसकेपछि अझैपनि दोष अरुको टाउकोमा थोपरेर नेतृत्वले उम्कन पाउने अवस्था रहँदैन। अब पनि नेतृत्वलाई गोहीका आँसु बगाएर केहि पात्रहरुको निगाहा वा आशिर्वादमा पदमा रहिरहन कुनैपनि कोणबाट सुहाउँदैन। वर्तमान नेतृत्वलाई डीएलए सम्बद्ध मेची देखी महाकाली सम्मका कुनै पनि साथीहरुले स्विकार्ने वाला पनि हुनुहुन्न, तसर्थ अब नेतृत्वले राजीनामा गरेर मैदान खाली गरोस्। राजीनामालेनै संगठनको मात्र होइन स्वयं तपाईको पनि कल्याण गर्ने छ।
लेखक: चिरञ्जीवी शर्मा
वरिष्ठ अधिवक्ता
एवम्
आजीवन सदस्य डीएलए, नेपाल
Comments
अरु समाचार
-
पूर्वराजा ज्ञानेन्द्र शाह पक्राउ पर्न लागेका हुन् ?
काठमाडाैं । राजगद्दीका लागि मरिहत्ते गरिरहेका पूर्वराजा ज्ञानेन्द्र शाहले चालिरहेको कदम सफल हुने कुनै छाँट देखिएको छैन् । अहिले पूर्वराजा...
-
निजी वकिललाई सरकारी कार्यालयमा निषेध गर्ने रमन अहिले फकाउँदै
काठमाडाैं । भनिन्छ नि मानिसले आफ्नो कर्मको फल आफैँले बेहोर्नुपर्छ । त्यस्तै हुँदै छ, देशभरका वकिलहरूको साझा संस्था नेपाल बार...
-
पूर्वराजा शाहलाई राप्रपाको अध्यक्ष बनाउन देउवाको सुझाव
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाको अध्यक्ष बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुझाव दिएका छन् । शाह संवैधानिक राजा...
-
दलितको घर भत्काइएका बारेमा छानबिन गर्न संसदीय समिति गठनको माग
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ गर्ने भन्दै सोही स्थानका दीपक मल्लिकको घर भत्काइएको घटनाको...
-
सभामुख देवराज घिमिरे चैत २० गते उज्वेकिस्तान जाने
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे चैत २० गते उज्वेकिस्तान जाने भएका छन् । अन्तरव्यवस्थापिका संघ (आईपीयू)को १५० औं महासभामा...
-
अस्कल र पीएन क्याम्पसमा स्ववियुको मतदान जारी
काठमाडौं । काठमाडौंको अमृत साइन्स क्याम्पस (अस्कल) र कास्कीको पृथ्वीनारायण (पीएन) क्याम्पसमा स्ववियुको मतदान भइरहेको छ । त्रिभुवन विश्वविद्यालयले गत...
-
संघीय संसदका दुई समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसदका दुई समितिको बैठक बस्दैँछ ।संघिय संसद सचिवालय सिंहदरबार परिसरमा ती बैठक बस्नेछन् । सचिवालयका अनुसार आज...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज...
-
आईपीएलको उद्घाटनमा आज कोलकाता र रोयल च्यालेन्जर्स भिड्दै
काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औं संस्करण आजदेखि शुरू हुँदैछ । कोलकाताको इडन गार्डेन मैदानमा आज हुने उद्घाटन...