टिपरले ठक्कर दिँदा १ जनाको मृत्यु
काठमाडौं । काठमाडौं महानगरपालिका–३२ तिनकुने गैरीगाउँ पेट्रोलपम्प अगाडि शनिबार बिहान भएको मोटरसाइकल दुर्घनामा एक जनाको मृत्यु भएको छ ।
बिहाना साढे ४ बजे प्र ३–०२–००३ प ६२४५ नम्बरको मोटरसाइकललाई ट्रिपरले ठक्कर दिंँदा मोटरसाइकलमा सवार काभ्रे पनौती नगरपालिका ११ घर भई ललितपुर धापाखेल बस्ने वर्ष २६ का सुकराम तामाङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।
उपचारका क्रममा बिहान ५ः३० बजे ट्रमा सेन्टरमा उनको मृत्यु भएको हो । उपरीक्षक बोहराका अनुसार ट्रिपर गौशाला तर्फ फरार भएकोमा खोजतलासका क्रममा रा १ ख २६२२ नम्बरको ट्रिपर विमानस्थलको कार्गोभित्र फेला पारी नियन्त्रणमा लिएको तर, चालक फरार रहेका छन् ।
सो दुर्घटनामा मोटरसाइकलमै सवार काभ्रे बेथानचोकका रमेश तामाङ घाइते भएको र उनको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
सरकार र आन्दोलनरत शिक्षक महासंघबीचको वार्ता सकारात्मक
काठमाण्डौ । सरकार र आन्दोलनरत शिक्षक महासङ्घबीचको वार्ता सकारात्मक भएको छ । गएराति अबेरसम्म शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको...
-
शिक्षक महासंघ र सरकार बिच आजै वार्ता, आकस्मिक आन्तरिक छलफलमा महासंघ
काठमाडौं । नेपाल शिक्षक महासंघ र सरकारबीच आजै राति वार्ता हुने भएको छ । स्रोतका अनुसार अहिले केहीबेरपछि सरकार र...
-
शिक्षक आन्दोलनबारे सर्वोच्चलाई शिक्षा मन्त्रालयले फर्कायो जवाफ
काठमाडौं । शिक्षकलाई विद्यालयमा फर्काउन भइरहेको पहलबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सर्वोच्च अदालतलाई सोमबार जवाफ फर्काएको छ । सर्वोच्चले...
-
संखुवासभाबाट हिले जाँदै गरेको जीप अरुण नदीमा खस्यो
काठमाडौं । संखुवासभाको खाँदबारीबाट हिलेतर्फ जाँदै गरेको जीप अरुण नदीमा खसेको छ । आज दिउँसो करिब ३ बजेको समयमा यात्रु...
-
सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस
काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा सरकारको वार्षिक प्रतिवेदन पेस भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट रक्षामन्त्री मानवीर...
-
सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
काठमाडौं । सहकारी पीडितहरूले सोमबार काठमाडौंको माइतीघर मण्डलमा अर्धनग्न भएर प्रदर्शन गरेका छन् । लामो समयदेखि आन्दोलित सहकारी पीडितहरुले आज...
-
भारत-पाक सीमामा लगातार गोलाबारी
काठमाडौं । शनिबार राति पाकिस्तानले लगातार चौथो दिन पनि नियन्त्रण रेखा (एलओसी) मा गोलाबारी गरेको भारतको भनाई छ। यो गोलाबारी...
-
चट्याङको चपेटामा ओखलढुङ्गाः १२ जनाको मृत्यु, २४ जना घाईते
काठमाडौं। ओखलढुङ्गामा चट्याङ लागेर १२ जनाको ज्यान गएको छ । जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको तथ्याङ्कअनुसार...
-
करेन्ट लागेर युवकको मृत्यु
काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–१ मा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाको मधुवन नगरपालिका–८ घर भई...