मोरङमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु
काठमाडौं । कोशी राजमार्ग अन्तर्गत मोरङको बूढीगंगा खण्डमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार शनिबार राति कोशी राजमार्गअन्तर्गत बूढीगंगा गाउँपालिका–३ स्थित महालक्ष्मी वायरअगाडि मनमाया श्रेष्ठ स्मृति प्रतिष्ठान मोरङको को १ च ४७७४ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा चालक २४ वर्षीय आशिष राईको मृत्यु भएको हो ।
दुर्घटना गम्भीर घाइते राईलाई उपचारका लागि विराट शिक्षण अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो ।
मृतक चालक उदयपुरको पञ्चावती घर भइ मोरङको बूढीगंगा–२ मा बस्दै आएका थिए । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले बताएको छ । एम्बुलेन्स कता जाँदै थियो भन्ने खुलेको छैन ।
Comments
अरु समाचार
-
संखुवासभाबाट हिले जाँदै गरेको जीप अरुण नदीमा खस्यो
काठमाडौं । संखुवासभाको खाँदबारीबाट हिलेतर्फ जाँदै गरेको जीप अरुण नदीमा खसेको छ । आज दिउँसो करिब ३ बजेको समयमा यात्रु...
-
चट्याङको चपेटामा ओखलढुङ्गाः १२ जनाको मृत्यु, २४ जना घाईते
काठमाडौं। ओखलढुङ्गामा चट्याङ लागेर १२ जनाको ज्यान गएको छ । जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको तथ्याङ्कअनुसार...
-
कास्कीमा चट्याङ लागेर संखुवासभाका दुई मजदुरको मृत्यु
काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिकामा चट्याङ लागेर दुई जना मजदुरको मृत्यु भएको छ । अन्नपूर्ण गाउँपालिका–११ पोडेस्थित त्रिवेणी ताल पदमार्गमा...
-
विराटनगर लगानी सम्मेलनबाट अर्थतन्त्र थप चलायमान हुने विश्वास
विराटनगर । कोशी प्रदेशको विराटनगरमा यही वैशाख १८ र १९ गते दुई दिन प्रदेशस्तरीय लगानी सम्मेलनले अर्थतन्त्र चलायमान हुने विश्वास...
-
भालुको आक्रमणबाट महिला घाइते
काठमाडौं । उदयपुरको कटारी नगरपालिका–२, गराँसस्थित नारायणी सामुदायिक वन क्षेत्रमा एक महिला जङ्गली भालुको आक्रमणमा परेर घाइते भएकी छिन्। सोमबार...
-
तीव्र गतिको कार रूखमा ठोक्किँदा एकको मृत्यु, तीन जना घाइते
काठमाडौं । कोसी राजमार्गअन्तर्गत सुनसरीको इटहरीमा भयानक कार दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इटहरी उपमहानगरपालिका–२०, पानीपिया...
-
एकीकृत समाजवादी कोशी प्रदेश अध्यक्षको जिम्मेवारी सरिता थापालाई
विराटनगर । नेकपा एकीकृत समाजवादी पार्टी कोशी प्रदेश अध्यक्षमा सरिता थापा खड्का सर्वसम्मत चयन भएकी छन् । सुनसरीको इटहरीमा भएको...
-
संखुवासभामा शैक्षिकसत्र शुरु हुनु अगावै पुग्यो पाठ्यपुस्तक
काठमाडौं । यस वर्ष शैक्षिकसत्र शुरु हुनु अगावै जिल्लामा पाठ्यपुस्तक आइपुगेको छ । जिल्लाका १० वटै स्थानीय तहमा शैक्षिकसत्र अगावै...
-
खानेपानीका लागि बजेट माग्दै मेयर साम्पाङ सिंहदरबारमा
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादव र धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) बीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा सोमबार...