स्ववियु निर्वाचन सम्पन्न: तालाबन्दी, झडप र धाँधलीका कारण प्रमुख क्याम्पसमा भएन निर्वाचन
काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत देशभरिका विभिन्न क्याम्पसहरुमा आज स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको छ। विद्यार्थीहरुको हक, हित र अधिकारका सम्बन्धमा काम गर्ने तथा विद्यार्थीहरुको साझा प्रतिनिधि संस्था मानिएको स्ववियुको निर्वाचन त्रिविअन्तर्गत देशभरिका ६२ वटा आंगिक क्याम्पस मध्ये ३८ र ३०० वटा सम्बन्धन प्राप्त क्याम्पसमा सम्पन्न भएको छ।
वर्तमान सरकारमा सत्तासाझेदार दल नेपाली कांग्रेस र नेकपा एमाले निकट मानिएका दुई ठूला विद्यार्थी संगठनहरु नेपाल विद्यार्थी संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनबीच प्रमुख प्रतिस्पर्धा रहेको निर्वाचन सम्पन्न भए पनि त्रिविका प्रमुख कलेजहरूमा तालाबन्दी, झडप र धाँधलीका कारण निर्वाचन नै स्थिगित हुन पुगेका छन् ।
जसमा त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा उम्मेदवारी दर्ताका क्रममा नेविसंघ र अनेरास्ववियुबीच विवाद हुँदा प्रशासनमा तालाबन्दीका कारण निर्वाचन हुन सकेन् । त्यस्तै पाटन संयुक्त क्याम्पस, ललितपुरमा विवाद उत्पन्न भएपछि झडप हँुदा अनेरास्ववियुका चारजना कार्यकर्ता घाईते भएका छन् भने, मतदान नै स्थिगित हुन पुगेका छ । रत्नराज्य लक्ष्मी क्याम्पस, अमर सिंह कलेज, पोखरा, धरान क्याम्पस, धरान, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगर, जनकपुर क्याम्पस, जनकपुर, बुटवल बहुमुखी क्याम्पस, बुटवल, नेपालगञ्ज क्याम्पस, नेपालगञ्ज, महेंद्र रत्न क्याम्पस, इलाम लगायत धेरै क्याम्पसहरुम विवादका कारण निर्वाचन हुन सकेको छैन् ।
स्ववियु चुनाव शान्तिपूर्ण र निष्पक्ष हुनुपर्ने भए पनि राजनीतिक प्रतिस्पर्धाले विद्यार्थीहरूको शैक्षिक वातावरणलाई नै प्रभावित बनाइरहेको छ । कलेज प्रशासन, विश्वविद्यालय र सुरक्षा निकायले निष्पक्ष हस्तक्षेप नगरेसम्म यस्ता घटनाहरु दोहोरिरहने सम्भावना छ। सत्ता गठबन्धनमै रहेका कांग्रेस र एमाले नेतृत्वले विद्यार्थी तहमा देखिएको विवादलाई हल गर्न पहल नगरे विद्यार्थी राजनीतिमा ध्रुवीकरण झन् बढ्ने देखिन्छ।
यदि संगठनहरु बीचको झडप, धाँधली र असहमतिले निरन्तरता पायो भने, यसको प्रत्यक्ष असर विद्यार्थी राजनीतिबाट सरकार सम्म पर्नेछ। युवा असन्तुष्टि र शिक्षा प्रणालीमा नकारात्मक असर जस्ता समस्याहरू देखिन सक्छन् । त्यसैले, अहिले नै क्याम्पस तहमा देखिएको विवादलाई हल गर्दै निष्पक्ष विद्यार्थी राजनीति निर्माणतर्फ ध्यान दिन आवश्यक छ।
Comments
अरु समाचार
-
सरकार र शिक्षकबीचको वार्ता सहमतिमा पुग्न तयारी पुगेन
काठमाण्डौ । सरकार र आन्दोलनरत शिक्षक महासङ्घबीचको वार्ता सकारात्मक भएको छ । गएराति अबेरसम्म शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको...
-
शिक्षक महासंघ र सरकार बिच आजै वार्ता, आकस्मिक आन्तरिक छलफलमा महासंघ
काठमाडौं । नेपाल शिक्षक महासंघ र सरकारबीच आजै राति वार्ता हुने भएको छ । स्रोतका अनुसार अहिले केहीबेरपछि सरकार र...
-
शिक्षक आन्दोलनबारे सर्वोच्चलाई शिक्षा मन्त्रालयले फर्कायो जवाफ
काठमाडौं । शिक्षकलाई विद्यालयमा फर्काउन भइरहेको पहलबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सर्वोच्च अदालतलाई सोमबार जवाफ फर्काएको छ । सर्वोच्चले...
-
सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस
काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा सरकारको वार्षिक प्रतिवेदन पेस भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट रक्षामन्त्री मानवीर...
-
आज मन्त्रिपरिषद्को बैठक बस्दै
काठमाडौं । आज सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्दैछ । आज बस्ने मन्त्रीपरिषदको बैठकमा २६ दिनदेखि शिक्षा ऐनको माग...
-
आफ्नै बोली भारि पर्यो थापालाई, सर्वोच्चमा अवहेलना मुद्धा दायर
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दिएको अभिव्यक्तिलाई लिएर उनि विरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलनामा निवेदन दर्ता भएको छ...
-
नेपाल-भारत सीमा क्षेत्रमा कडा निगरानी
काठमाडौं । भारतको जम्मु कश्मीरको पहलगाममा एक नेपाली सहित २६ जना पर्यटकहरुको मृत्यु हुने गरेर भएको आतंकवादी हमलापछि नेपाल–भारत सीमा...
-
ओलीको जवाफले गगन थचक्कै, देउवा पनि ‘इरिटेड’
काठमाडाैं । कांग्रेस महामन्त्री गगन थापाको हिरोइजममा प्रधानमन्त्री केपी ओलीले पानी खन्याइदिएका छन् । प्रधानमन्त्रीको बेडरुमसम्म विचाैलिया पुग्छन भन्दै हाइहाई...
-
भवितव्य नआए गुणाकर गभर्नर बन्ने पक्का
काठमाडाैं । राष्ट्र बैकमा रिक्त गभर्नरमा भवितव्य सिर्जना नभए अब गुणाकर भट्ट नियुक्त हुने भएका हुन् । प्रधानमन्त्रीको सरकारी निवास...