ताजा समाचार

श्रीलंकाका लागि नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष शपथ ग्रहण

काठमाडौं । श्रीलंकाका लागि नेपालका नवनियुक्त राजदूत डा.पूर्णबहादुर नेपालीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका लागि नेपालका नवनियुक्त आवासीय राजदूत नेपालीलाई बुधबार राष्ट्रपतिको कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।

नेपालीलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले गत फागुन १९ गते राजदूतमा नियुक्त गरेका थिए। पद तथा गोपनीयताको शपथ समारोहमा सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org