नेपाल बारको निर्वाचन कार्यतालिका सार्वजनिक, अध्यक्षका उम्मेद्वारले ६० हजार बुझाउनु पर्ने
काठमाडौं । कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि हुने निर्वाचनको तालिका सार्वजनिक भएको छ। आगामी चैत २३ गते शनिबार बारको २७औं केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन हुँदैछ।
नेपाल बारमा अध्यक्ष, उपाध्यक्ष आठ, महासचिव, कोषाध्यक्ष, १४ सदस्य पदमा निर्वाचन हुनेछ। तालिकाअनुसार मतदाता नामावली फागुन १५ गते बिहीबार ११ बजे सार्वजनिक हुनेछ। मतदाता नामावलीमा दाबी विरोध फागुन १८ गते आइतबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मका लागि गर्न पाइनेछ।
दाबी विरोधमाथि जाँबुझ गर्न फागुन २० गते मंगलबार ११ बजेको समय तोकिएको छ। मतदाताको अन्तिम नामावली फागुन २० गते मंगलबार नै अपराह्न ४ बजे प्रकाशित हुनेछ। उम्मेदवारीको दरखास्तका लागि फागुन २२ गते बिहीबार बिहान ११ बजेदेखि साँझ ३ बजेसम्मको समय तोकिएको छ।
नेपाल बारको अध्यक्ष पदमा उम्मेदवारी दिने व्यक्तिले ६० हजार रुपैयाँ बुझाउनु पर्नेछ। त्यस्तै उपाध्यक्ष पदका उम्मेदवारले ४० हजार, कोषाध्यक्षले ४० हजार, सदस्यहरूले ३० हजार रुपैयाँ उम्मेदवारी शुल्क बुझाउनुपर्नेछ।
निर्वाचन समितिका अनुसार उम्मेदवारले आफ्नो मनोनयन पत्रका साथ नेपाल कानुन व्यवसायी परिषद् र सम्बन्धित बार एकाइको परिचयपत्रको प्रमाणपत्रको प्रतिलिपि अनिवार्य पेस गर्नुपर्नेछ। दलित, मधेशी, मुस्लिम, आदीवासी/जनजाती उम्मेदवारले दरखास्त दाखिला गर्दा उक्त क्षेत्रलाई एकिन गर्ने प्रमाण पेस गर्न आग्रह गरिएको छ। निर्वाचन समितिका अनुसार उम्मेदवारको पहिलो नामावली फागुन २२ गते बिहीबार प्रकाशित हुनेछ।
Comments
अरु समाचार
-
गगनविरुद्ध अदालतको अवहेलना मुद्दा सपना र नित्यानन्दको बेञ्चमा, पेशी पहिलो नम्बरमै
काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा सपना प्रधान मल्ल र नित्यानन्द पाण्डेयको इजलासमा पेशी चढेको छ...
-
लक्ष्मी सर सामुदायिक विद्यालय डुबाउने खेलमा !
काठमाडाैं । काठमाडाैंमा जारी शिक्षक आन्दोलन सहमतिभन्दा पनि बखेडातर्फ उन्मुख हुन थालेको प्रष्ट संकेतहरु देखिन थालेका छन् । नेपाल शिक्षक...
-
राष्ट्रपतिले वैशाख १९ मा प्रतिनिधि र राष्ट्रियसभामा सम्बोधन गर्ने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको बैठकलाई सम्बोधन गर्ने भएका छन् । यही वैशाख १९ गते दुवै...
-
प्रतिनिधिसभा बैठकमा आज भन्सार विधेयक प्रस्ताव गरिँदै
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे सुरु हुनेछ...
-
सरकार र शिक्षकबीचको वार्ता अगाडि बढ्न पुगेन तयारी
काठमाण्डौ । सरकार र आन्दोलनरत शिक्षक महासङ्घबीचको वार्ता सकारात्मक भएको छ । गएराति अबेरसम्म शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको...
-
आजको राशिफल : २०८२ वैशाख १६ गते मंगलवार
मेष: कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपरे पनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। आलोचकहरूले समेत प्रशंसा गर्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो...
-
शिक्षक आन्दोलनबारे सर्वोच्चलाई शिक्षा मन्त्रालयले फर्कायो जवाफ
काठमाडौं । शिक्षकलाई विद्यालयमा फर्काउन भइरहेको पहलबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सर्वोच्च अदालतलाई सोमबार जवाफ फर्काएको छ । सर्वोच्चले...
-
सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस
काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा सरकारको वार्षिक प्रतिवेदन पेस भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट रक्षामन्त्री मानवीर...
-
सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
काठमाडौं । सहकारी पीडितहरूले सोमबार काठमाडौंको माइतीघर मण्डलमा अर्धनग्न भएर प्रदर्शन गरेका छन् । लामो समयदेखि आन्दोलित सहकारी पीडितहरुले आज...