कोशी प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य
काठमाडौं । कोशी प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य गरिएको छ । बिहीबार बिहान बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले चालु हिउँदे अधिवेशन आजै राति १२ बजेबाट अन्त्य गर्ने निर्णय गरेको हो ।
कोशी प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीले सरकारले संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गरेको जानकारी दिए । बैठकले कोशी प्रदेश जनस्वास्थ्य नियमावली २०८१ स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।
त्यस्तै समस्याग्रस्त सहकारी संस्था वा सङ्घ व्यवस्थापन समितिको सदस्य सचिवमा चन्द्रबहादुर कार्कीलाई तोक्ने निर्णय गरिएको छ । यस्तै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका लागि १ करोड २८ लाख ६० हजार रकम बाँडफाँड गर्न स्वीकृत प्रदान प्रदान गरिएको छ ।
मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारबाट स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको लागि अनुमानित सीमा १ अरब ५० करोड तथा राजस्व बाँडफाडको अनुमान सीमा १ अरब १० करोड स्वीकृत गर्ने समेत निर्णय गरेको छ ।
बैठकले उच्च तथा जिल्ला अदालत सुदृढीकरण का लागि १ करोड ५० लाख बाँडफाँड गर्न स्वीकृत प्रदान गरेको समेत जानकारी मन्त्री भण्डारीले जानकारी दिनुभयो । राजनीतिक तथा प्रशासन समितिबाट परिमार्जित आर्थिक मामिला तथा योजना मन्त्रालय र मातहतका कार्यालयको सङ्गठन संरचना तथा दरबन्दी तेरिज २०८१ पनि बैठकले स्वीकृत गरेको छ ।
Comments
अरु समाचार
-
धरानमा हराएको बस बिराटनगरमा भेटियो
काठमाडौं । सुनसरी जिल्लाको धरानबाट चोरी भएको यात्रुबहाक बस विराटनगरमा फेला परेको छ । गत बैसाख १२ गते शुक्रबार बिहान...
-
सगरमाथा क्षेत्रमा व्यवसायीक हेलीकप्टर उडानमा पुनः प्रतिबन्ध
काठमाडौं । सोलुखुम्बुको सगरमाथा क्षेत्रमा व्यवसायीक हेलीकप्टर उडानमा खुम्बु पासाङल्हामु गाउँपालिकाले पुनः प्रतिबन्ध लगाएको छ। यस क्षेत्रभित्र हुने व्यावसायिक हेलिकप्टर...
-
संखुवासभाबाट हिले जाँदै गरेको जीप अरुण नदीमा खस्यो
काठमाडौं । संखुवासभाको खाँदबारीबाट हिलेतर्फ जाँदै गरेको जीप अरुण नदीमा खसेको छ । आज दिउँसो करिब ३ बजेको समयमा यात्रु...
-
चट्याङको चपेटामा ओखलढुङ्गाः १२ जनाको मृत्यु, २४ जना घाईते
काठमाडौं। ओखलढुङ्गामा चट्याङ लागेर १२ जनाको ज्यान गएको छ । जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको तथ्याङ्कअनुसार...
-
कास्कीमा चट्याङ लागेर संखुवासभाका दुई मजदुरको मृत्यु
काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिकामा चट्याङ लागेर दुई जना मजदुरको मृत्यु भएको छ । अन्नपूर्ण गाउँपालिका–११ पोडेस्थित त्रिवेणी ताल पदमार्गमा...
-
विराटनगर लगानी सम्मेलनबाट अर्थतन्त्र थप चलायमान हुने विश्वास
विराटनगर । कोशी प्रदेशको विराटनगरमा यही वैशाख १८ र १९ गते दुई दिन प्रदेशस्तरीय लगानी सम्मेलनले अर्थतन्त्र चलायमान हुने विश्वास...
-
भालुको आक्रमणबाट महिला घाइते
काठमाडौं । उदयपुरको कटारी नगरपालिका–२, गराँसस्थित नारायणी सामुदायिक वन क्षेत्रमा एक महिला जङ्गली भालुको आक्रमणमा परेर घाइते भएकी छिन्। सोमबार...
-
तीव्र गतिको कार रूखमा ठोक्किँदा एकको मृत्यु, तीन जना घाइते
काठमाडौं । कोसी राजमार्गअन्तर्गत सुनसरीको इटहरीमा भयानक कार दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इटहरी उपमहानगरपालिका–२०, पानीपिया...
-
एकीकृत समाजवादी कोशी प्रदेश अध्यक्षको जिम्मेवारी सरिता थापालाई
विराटनगर । नेकपा एकीकृत समाजवादी पार्टी कोशी प्रदेश अध्यक्षमा सरिता थापा खड्का सर्वसम्मत चयन भएकी छन् । सुनसरीको इटहरीमा भएको...