इन्डोनेसियाको माउन्ट लेवोटोबी लाकी लाकी ज्वालामुखी विस्फोट
काठमाडौं । दक्षिण–मध्य इन्डोनेसियाको माउन्ट लेवोटोबी लाकी लाकी ज्वालामुखी शुक्रबारसम्म तीन पटक विस्फोट भएको छ । विस्फोटले ८ हजार मिटर अग्लो खरानी स्तम्भ पठाउँदै अधिकारीहरूलाई ज्वालामुखी वरपरको खतराको क्षेत्र विस्तार गर्न प्रेरित गरेको थियो ।
स्थानान्तरणका बारेमा जानकारी तत्काल उपलब्ध थिएन । पूर्वी नुसा तेङ्गारा प्रान्तको फ्लोरेसको दुर्गम टापुमा रहेको ज्वालामुखीमा सयौँ भूकम्प आएका छन् र पछिल्लो सात दिनमा दृश्यमान ज्वालामुखी गतिविधि उल्लेखनीय रूपमा बढेको छ ।
अधिकारीहरूले विस्फोटको चेतावनीलाई उच्चतम स्तरमा बढाएका छन् र खतराको क्षेत्रलाई क्रेटरबाट सात किलोमिटरबाट आठ किलोमिटरमा विस्तार गरेका छन् ।
विस्फोटका कारण केही एयरलाइन्सले अस्ट्रेलिया र इन्डोनेसियाको पर्यटकीय द्वीप बालीका बीचको उडानहरू रद्द गरेका छन् भने टापुमा अन्य अन्तर्राष्ट्रिय र घरेलु उडानहरू ढिलाइ भएका छन् ।
ज्वालामुखीबाट निस्कने नदीहरूमा लाभा प्रवाहलाई उत्प्रेरित गर्ने भारी वर्षाको बारेमा बासिन्दाहरूलाई सतर्क रहन चेतावनी दिइएको इन्डोनेसियाको भूगर्भीय एजेन्सीले एक विज्ञप्तिमा बताएको छ ।
नोभेम्बरमा माउन्ट लेवोटोबी लाकी लाकीको विस्फोटमा नौ जनाको मृत्यु भएको थियो र दर्जनौँ घाइते भएका थिए । एक हजार पाँच सय ८४ मिटर उचाइको पर्वत फ्लोरेस तिमुर जिल्लाको माउन्ट लेवोटोबी पेरेम्पुआनसँग जोडिएको जुम्ल्याहा ज्वालामुखी हो ।
इन्डोनेसिया २७ करोड जनसङ्ख्या भएको द्वीपसमूह हो । यहाँ बारम्बार भूकम्पीय गतिविधिहरू हुन्छन् । यसमा एक सय २० वटा सक्रिय ज्वालामुखी छन् र यो ‘रिङ अफ फायर’ मा अवस्थित छ । रिङ अफ फायर प्रशान्त बेसिनलाई घेरेको भूकम्पीय फल्ट लाइनहरूको घोडे–नाल आकारको शृङ्खला हो ।
Comments
अरु समाचार
-
भारत-पाक सीमामा लगातार गोलाबारी
काठमाडौं । शनिबार राति पाकिस्तानले लगातार चौथो दिन पनि नियन्त्रण रेखा (एलओसी) मा गोलाबारी गरेको भारतको भनाई छ। यो गोलाबारी...
-
नेपाल-भारत सीमा क्षेत्रमा कडा निगरानी
काठमाडौं । भारतको जम्मु कश्मीरको पहलगाममा एक नेपाली सहित २६ जना पर्यटकहरुको मृत्यु हुने गरेर भएको आतंकवादी हमलापछि नेपाल–भारत सीमा...
-
भारत र पाकिस्तानी सेनाबीच काश्मीरमा गोली हानाहान
काठमाडौं । आणविक–शक्ति सम्पन्न प्रतिद्वन्द्वीहरूबीचको सम्बन्ध वर्षौंदेखिको सबैभन्दा निम्न स्तरमा झरेको बेला पाकिस्तान र भारतका सेनाहरूले विवादित काश्मीरमा लगातार तेस्रो...
-
इरानमा विस्फोटमा परी १४ जनाको मृत्यु, ७५० घाइते
काठमाडौं । इरानको एउटा प्रमुख बन्दरगाहमा भएको विस्फोटमा परी १४ जनाको मृत्यु भएको छ। सो बन्दरगाहमा भएको विष्फोटमा ७५० जना...
-
बोल्दा रहेछन् पू्र्वराजा ज्ञानेन्द्र शाह पनि !
काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको पहलगममा भएको हत्या प्रकरणमा धारणा सार्वजनिक गरेका छन् । भारतको कास्मिरको पहलगम क्षेत्रमा भएको...
-
अहिलेको व्यापार युद्धमा अमेरिका विजयी हुनेछ: ट्रम्प
वाशिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिलेको व्यापार युद्धमा अमेरिका विजयी हुने दाबी गरेका छन्। उनले यस वर्षबाट आयात करमा...
-
एकतर्फी अमेरिकी कर रद्द गरेर मात्रै वार्ता हुने
काठमाडौं । चीनले अमेरिकालाई एकतर्फी रूपमा लगाएको सबै भन्सार शुल्क रद्द गरेर मात्रै वार्ता हुनसक्ने बताएको छ । अमेरिका वार्ता...
-
स्वदेश फर्किदै देउवा दम्पत्ति
काठमाडाैं । स्वास्थ्य उपचारका लागि भन्दै थाइल्याण्ड गएका कांग्रेस सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किदैछन् । सरकार फेरिने हल्लाकाबीच थाइल्याण्डबाट...
-
‘कश्मीरमा आतंकवादी हमला गर्नेलाई कल्पना गरेभन्दा ठूलो सजाय हुन्छ’
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा संलग्नलाई उनीहरुले कल्पना गरेभन्दा पनि ठूलो सजाय दिने...