इजरायली आक्रमणमा गाजामा १० प्यालेस्टिनीको मृत्यु
काठमाडौं । गाजा पट्टीका विभिन्न ठाउँमा सोमबार भएको इजरायली आक्रमणमा १० प्यालेस्टिनीको मृत्यु भएको छ भने धेरै घाइते भएका छन्।
खान युनूसको दक्षिणमा रहेको क्विजान रस्वान क्षेत्रको विस्थापितहरूको शिविरमा भएको हवाई आक्रमणमा ६ जनाको मृत्यु भएको प्यालेस्टिनी चिकित्सा स्रोतले बताएको छ।
त्यही सहरको अर्को हवाई आक्रमणमा धेरै प्यालेस्टिनी घाइते भएका छन्। अल–जाना क्षेत्रमा एक घरको आँगनमा पार्क गरिएको गाडीमा बम विस्फोट हुँदा एक जना घाइते भएको स्रोतले जनाएको छ। विस्थापितलाई निशाना बनाइएको हमलाका घाइतेहरूलाई कुवेतस्थित विशेष अस्पताल लगिएको छ।
कतार समाचार एजेन्सी (क्युएनए)का अनुसार खान युनूसमा आइतबार रातिदेखि इजरायली सेनाले विस्थापितहरूको आश्रयस्थल र पार्क गरिएका सवारीलाई लक्षित गरेर आक्रमण गरिरहेको छ।
गाजा पट्टीका विभिन्न सहरमा सोमबार भएका इजरायली हवाई आक्रमणमा करिब १६ जनाको मृत्यु भएको छ। दुई आवासीय घरमा भएको आक्रमणमा ४ जनाको ज्यान गएको छ।
अल–नुसिरात शरणार्थी शिविरको दक्षिणपश्चिममा रहेको अल–सवारा क्षेत्रमा भएको आक्रमणमा ४ जना घाइते भएका छन्। इजरायलले जनवरी १९ मा लागू भएको युद्धविराम सम्झौताअनुसार दुई महिनाको युद्धविरामपछि गाजा पट्टीमा फेरि आक्रमण सुरु गरेको छ।
Comments
अरु समाचार
-
अन्ततः ब्याक भयो राप्रपाः आन्दोलन शान्तिपूर्ण हुने दाबी, सरकारलाई यस्तो अपिल
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबारको प्रदर्शन प्रतिकात्मक र शान्तिपूर्ण हुने बताएको छ । सरकारले निषेधाज्ञा तोड्ने वा कानूनको उल्लङ्घन...
-
निषेधित क्षेत्र तोडे राप्रपालाई कारबाही गरिने
काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज गर्न लागेको प्रदर्शनमा निषेधित क्षेत्र तोडे कारबाही गर्ने गृह मन्त्रालयले चेतावनी दिएको...
-
शिक्षकहरुको प्रदर्शन आज बिहान नौ बजेदेखि तीनघण्टा
काठमाण्डौ । शिक्षकहरुको आन्दोलन आज १९ औं दिन पुगेको छ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै गएको चैत...
-
रुस र युक्रेनबीचको वार्ता पटकपटक असफल, अमेरिकाले दियो चेतावनी
वासिङटन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रुस र युक्रेनबीचको वार्ता निरन्तर असफल हुने बारेमा चेतावनी दिएका छन् । उनले...
-
पार्टी फुटाएर जानेहरू अघाएर झरेका किर्ना हुन् : प्रधानमन्त्री ओली
चितवन । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाइको कम्युनिष्ट पार्टी दुईपटकसम्म फुटाएर जानेहरू पार्टी भित्र अघाएर...
-
धवल शम्शेरलाई उपचारका लागि छाड्ने तयारी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्रीसमेत रहेका प्रतिनिधि सभा सांसद धवल शम्शेर जबरालाई हिरासतबाट छाड्ने तयारी भएको छ। स्वास्थ्य...
-
गाउँपालिका अध्यक्षमाथि गोली प्रहार
कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि गोली प्रहारको प्रयास भएको छ। अध्यक्ष चाैधरीलाई लक्षित गर्दै गोली प्रहार भएको...
-
रास्वपामा भाँडभैलोः कोशी प्रदेश इन्चार्जले दिए राजीनामा
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीभित्रको विवाद चर्किन थालेको छ । रास्वपा कोशी प्रदेश इन्चार्जले आफूलाई पार्टीले बर्खास्त गरेको भन्दै पदबाट...
-
निजामती कर्मचारीहरू पनि उत्रिए आन्दोलनमा
काठमाडौं । निजामती कर्मचारीहरू पनि आन्दोलनमा उत्रिएका छन् । काठमाडौंमा विभिन्न पेसा, समूहको आन्दोलन बढिरहेका बेला कर्मचारीहरूले पनि आन्दोलनका कार्यक्रम...