ब्राउन सुगर सहित २ जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले ३.६९ ग्राम प्रतिबन्धित लागू औषध ब्राउन सुगर सहित २ जना मानिसलाई नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुर र प्रहरी चौकी लालपत्ताबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला उदयपुर त्रियुगा नगरपालिका वडा न.५ विलाउने स्थितमा सप्तरीबाट गाइघाटतर्फ आउँदै गरेको प्र.२–०१–००२ प ७८६३ नं को मोटर साईकललाई चेक जाँच गर्दा चालक जिल्ला उदयपुर त्रियुगा न.पा. ३ मोतिगडा बस्ने वर्ष ३७ को रत्न भन्ने रोहित चौधरी र सोही मोटरसाइकलमा पछाडी सवार बस्ने वर्ष ३१ को नागेश्वर चौधरीलाई प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
निजहरूको साथबाट ३.६९ ग्राम ब्राउन सुगर फेला परेको छ । निजहरु सवार मोटरसाइकल समेत बरामद गरिएको छ । पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको छ ।
Comments
अरु समाचार
-
धरानमा हराएको बस बिराटनगरमा भेटियो
काठमाडौं । सुनसरी जिल्लाको धरानबाट चोरी भएको यात्रुबहाक बस विराटनगरमा फेला परेको छ । गत बैसाख १२ गते शुक्रबार बिहान...
-
लागूऔषध सहित १२ जना पक्राउ
काठमाडौं । देशका विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषध सहित १२ जना पक्राउ परेका छन् । मकवानपुर, चितवन, मोरङ, कैलाली, कञ्चनपुर, सुर्खेत,...
-
गाउँपालिका अध्यक्षमाथि गोली प्रहार
कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि गोली प्रहारको प्रयास भएको छ। अध्यक्ष चाैधरीलाई लक्षित गर्दै गोली प्रहार भएको...
-
विमानस्थलबाट गाजासहित भारतिय नागरिक पक्राउ
काठमाडौं । प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट छ किलो ९७० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २७...
-
दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो, अदालतमा उपस्थित गराएर म्याद थप्ने प्रहरीको तयारी
काठमाडौं । भारतबाट नियन्त्रणमा लिएर दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइएको छ । उनलाई आसामको गुवाहाटीबाट झापा हुँदै विमानमार्फत् काठमाडौं ल्याइएको हो...
-
छिमेकीको हत्यापछि साधुको भेष धारण, १७ वर्षपछि प्रहरीको पञ्जामा
काठमाडौं । जग्गासम्बन्धी विवादमा छिमेकीको हत्या गरी नक्कली साधु बनेका पर्साको विन्दवासिनी गाउँपालिका २ का ६२ वर्षीय लोकनाथ साह तेली...
-
विद्युतीय धरापमा बालिकाको मृत्यु, घटनाको ढाकछोप गर्न बोरामा पोको पारेर फालियो
काठमाडौं । विद्युतीय धरापमा परेर एक बालिकाको मृत्यु भएको छ । सिरहा जिल्ला गोलबजार नगरपालिका–९ गोविन्दपुरकी १३ वर्षीया बालिका गुलसना...
-
दुर्गा प्रसाईं ललितपुरमा लुकेको आशंका
काठमाडौं । शुक्रबार राजावादी प्रर्दशनालाई अराजक र हिंस्रक बनाउँन मुख्य भूमिका खेलेका राजावादी प्रर्दशनका कमाण्डर दुर्गा प्रर्साइ ललितपुरमा लुकेर बसेको...
-
प्रहरीको बन्दुक खोस्ने व्यक्तीसहित १०५ जना पक्राउ
काठमाडौं । शुक्रबार काठमाडौंको तिनकुनेमा राजावादीहरूले गरेको प्रदर्शनमा, तोडफोड र आगजनीमा संलग्नहरू पक्राउ पर्ने क्रम जारी छ । जिल्ला प्रहरी...