६ दिन पछि आज बल्ल बढ्यो सेयर बजार परिसूचक
काठमाडौं । गत सातादेखि निरन्तर ओरालो लागिरहेको पुँजीबजार आज थामिएर हरियो देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६.१० अङ्कले बढेर दुई हजार ६ सय ४०.७८ को बिन्दुमा कायम भएको हो ।
आज विभिन्न ३ सय २६ कम्पनीका ९७ लाख ३९ हजार सात सय ३८ कित्ता शेयर ५८ हजार २ सय ३५ पटक खरिदबिक्री हुँदा रू चार अर्ब ४८ करोड ३५ लाख ९९ हजार बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा सबै समूहको उपसूचक हरियो देखिएको छ । सबैभन्दा धेरै वित्त समूह तीन दशमलव ५२ प्रतिशतले बढेको छ ।
त्यस्तै, बैंकिङ शून्य दशमलव ७१, विकास बैंक शून्य दशमलव ७१, होटल तथा पर्यटन एक दशमलव ०३, जलविद्युत् शून्य दशमलव ९५, लगानी शून्य दशमलव ८३, जीवन बीमा एक दशमलव ४६ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ७८ प्रतिशतले बढेको छ ।
त्यस्तै, लघुवित्त शून्य दशमलव ७९, म्युचुअल फन्ड शून्य दशमलव ४४, निर्जीवन बीमा शून्य दशमलव ६५, व्यापार एक दशमलव ०६ र अन्य समूह एक दशमलव ५० प्रतिशतले बढेको छ ।
गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको शेयरमूल्य आज सबैभन्दा धेरै नौ दशमलव ५१ प्रतिशतले बढ्को छ । सबैभन्दा धेरै घट्नेमा भने अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य चार दशमलव २६ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको रू ३२ करोड ६९ लाख ७७ हजार ५ सय ७८ बराबरको शेयर किनबेच भएको छ ।
कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै सानिमा ग्रोथ फन्डको सात लाख १० हजार कित्ता शेयर किनबेच भएको छ ।
Comments
अरु समाचार
-
‘मुस्ताङमा १० दिने चौँरी मेला, पर्यटन प्रवर्द्धनको आधार’
जोमसोम । मुस्ताङको थासाङ गाउँपालिका-२ घट्टे खोलामा शनिबारदेखि चौँरी मेला सुरु भएको छ । हिमालयन याक नाक पालन उपसमिति मुस्ताङको...
-
मुग्लिन–पोखरा सडकको कालोपत्रे तीव्र गतिमा गरिँदै
काठमाडौं । मुग्लिन–पोखरा सडक विस्तार परियोजनाअन्तर्गत दमौली बजार क्षेत्रमा तीव्र गतिमा कालोपत्र गर्ने कार्य भइरहेको छ। व्यास नगरपालिका–२ को बागबजार,...
-
सेयर बजार परिसूचकमा २६.४९ अंकको वृद्धि
काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार २६.४९ अंकले वृद्धि भएको छ । यस वृद्धि पछि नेप्से परिसूचक २७२२...
-
सुनको मूल्य बढेको बढ्यै..
काठमाडौं । आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्यले अर्को नयाँ रेकर्ड बनाएको छ। विगत केही देनदेखि निरन्तर नयाँ रेकर्ड बनाउँदै...
-
सुनको मूल्यमा नयाँ रेकर्ड
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। बुधबार (आज) सुन तोलामा एक लाख ८७ हजार पुगेको नेपाल...
-
‘शिक्षक आन्दोलनले यातायात मजदुरको रोजीरोटी गुम्दै’
काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय व्यवसायी महासंघले शिक्षकहरुले जारी राखेको आन्दोलनका कारण यातायात मजदुरको रोजीरोटी ठप्प भएको जनाएको छ ।...
-
महाप्रसाद अधिकारीको हस्ताक्षर भएका पाँचका १० लाख थान नोट बजारमा
काठमाडौं । आजबाट नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ दरका थप १० लाख थान नयाँ नोट चलनचल्तीमा ल्याएको छ । साबिककै...
-
तीन वाणिज्य बैंकले किन घटाए ब्याजदर ?
काठमाडौं । नयाँ वर्ष २०८२ बैशाखका लागि तीन वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । बैशाखका लागि २० वाणिज्य बैंकहरुले प्रकाशित...
-
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...