ताजा समाचार

पूर्वराजा राप्रपाको सभापति बन्न देउवाले दिएको सुझावले ज्ञानेन्द्र आक्रोशित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुर्व राजा ज्ञानेन्द्र शाहलाई राप्रपाको सभापति बन्न दिएको सुझावले राजावादीहरू आक्रोशित भएका छन् ।

हिजो बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकमा पुर्व राजा शाह संबैधानिक राजा हुन सक्ने हैसियत नभएको भन्दै राप्रपाको सभापति बन्न देउवाले सुझाव दिए पछि राजावादीहरू आक्रोशित भएका हुन् ।

राप्रपाका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले सभापति देउवाको उक्त भनाइ प्रति रोश प्रकट गरेका छन् । सञ्चारकर्मीसँग बोल्दै शाहीले देउवाले बीपीको सिद्धान्त बेचेको आरोप समेत लगाएका छन् । राजतन्त्रमा तिन पटक प्रधानमन्त्री बनेको स्मरण गराउँदै देउवाले राप्रपा सभापतिसँग सपथ खानुभएको थियो भनेर प्रश्न गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org