चार अर्ब २५ करोड २० लाख राजस्व सङ्कलन
काठमाडौं । हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले चालू आर्थिक वर्षको आठ महिनामा रु चार अर्ब २५ करोड २० लाख राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको ८२ दशमलव ३२ प्रतिशत सङ्कलन भएको हो ।
कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीका अनुसार आव २०८१/८२ को आठ महिनामा रु पाँच अर्ब १६ करोड ५२ लाख ३२ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु चार अर्ब २५ करोड २० लाख ३७ हजार सङ्कलन भएको छ ।
कार्यालयले अन्तःशुल्कतर्फ रु दुई अर्ब ४१ कारेड ७४ लाख ४७ हजार, आयकरतर्फ रु ७३ करोड ५२ लाख ९२ हजार, मूल्यअभिवृद्धि करतर्फ रु ६१ करोड ४७ लाख ९९ हजार, स्वास्थ्य जोखिम करतर्फ रु ४१ करोड १३ लाख ५१ हजार, ब्याजकरतर्फ रु छ करोड २५ लाख ९८ हजार र बहालकरतर्फ रु एक करोड २५ लाख ५० हजार सङ्कलन गरेको छ ।
कार्यालयमा आयकरतर्फ ३४ हजार ४३, मूल्यअभिवृद्धितर्फ पाँच हजार नौ सय २३, अन्तःशुल्कतर्फ एक हजार छ सय चार, विथहोल्डतर्फ सात सय ११ र व्यक्तिगततर्फ ८३ हजार सात सय एक करदाता आबद्ध छन् ।
Comments
अरु समाचार
-
ग्यास सिलिण्डर कालोबजारी नियन्त्रणका लागि विभाग सक्रिय, ६ हजार सिलिन्डर बरामद
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरको हरिसिद्धि स्थित श्रीराम ग्यास उद्योगको गोदामबाट ठूलो मात्रामा ग्यास सिलिन्डर लुकाएर...
-
पेट्रोलमा १५ रुपैयाँ र डिजेल र मट्टीतेलमा १० रुपैयाँ बढ्यो
काठमाडाैँ । मध्यपूर्वी क्षेत्रमा तनाव चर्किरहेका बेला नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले एकैपटक पेट्रोलमा प्रतिलिटर १५...
-
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक
झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय...
-
चार लेन सडक निर्माणका लागि विद्युत् पोल हटाइँदै
भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्यका रूपमा परिचित बन्दै गएको छ । सरकारले...
-
ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध
काठमाडौं । नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न सबैमा अनुरोध गरेको छ ।...
-
चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ को संसोधित व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पुँजीकर्जा सम्बन्धी मार्गदर्शन २०७९ को संसोधित व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ । शुक्रबार...
-
भोलिदेखि आधामात्रै ग्यास भएको सिलिन्डर, मूल्य पनि आधा लिइने
काठमाडौं । नेपाल आयल निगमले प्रतिसिलिन्डर ७.१ केजी ग्यास भरेर वितरण गर्ने भएको छ । अन्तर्राष्ट्रियस्तरमा भइरहेको युद्धका कारण बजारमा...
-
डेडिकेटेड तथा ट्रंकलाइन महसुल विवाद: विद्युत् नियमन आयोगमा चैत १ गते सुनुवाइ गरिने
काठमाडौं । डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादका सम्बन्धमा विद्युत् नियमन आयोगमा आगामी चैत १ गते सुनुवाइ हुने गरी निर्धारण...
-
आयात र निर्यातबीच उच्च असन्तुलन, सात महिनामा नौ खर्ब ५५ अर्ब व्यापार घाटा
काठमाडौं । आयात र निर्यातबिचको उच्च असन्तुलनका कारण नेपालको बैदेशिक व्यापार घाटा उच्चरुपमा बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबार...












