ताजा समाचार

बाँकेको नरैनापुरमा आगलागी १७ घरगोठ जलेर नष्ट

काठमडौं । बाँकेको नरैनापुरमा भएको आगलागीमा १७ घरगोठ जलेर नष्ट भएका छन् । नरैनापुर गाउँपालिका–४ जयरामपुर्वामा आज मङ्गलवार दिउसो ३ बजेबाट सुरु भएको आगलागीबाट १७ वटा घरभन्दा धेरै घरगोठ जलेर नष्ट भएको सशस्त्र प्रहरी नायब उपरीक्षक गजेन्द्र चन्द जानकारी दिए।

दिउँसो जुमाई खाँको घरबाट लागेको आगो नेपालगन्ज उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले नियन्त्रणमा लिएका थिए । खरले छाएका र एक आपसमा जोडिएका घरगोठ तथा तीव्र हावाहुरीका कारण आगो नियन्त्रणमा लिन मुश्किल परेको सशस्त्र प्रहरी उपरिक्षक चन्दले बताए । आगलागीका कारण २५ लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

नरैनापुर गाउँपालिका अध्यक्ष शैयद इश्तियाक अहमद शाह, प्रमुख प्रशासकीय अधिकृत नवराज वली, जिन्सी शाखा प्रमुख लक्ष्मीकान्त मिश्रा र विपत शाखा प्रमुख भरत महतो सहितको टोलीले घटना स्थलमा पुगेर आगलागी पीडितलाई राहत दिने प्रतिबद्धता गरेको छ ।

विभिन्न निकायसँगको समन्वयमा आज रातिको लागि पाल र खानाको व्यवस्था गर्ने काम भइरहेको र जिल्ला विपद् व्यवस्थापन समितिलाई थप राहतको व्यवस्था गर्न माग गरिएको अध्यक्ष शाहले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org