पहिलो अभ्यास खेलमा नेपाल यु–१९ विजयी
काठमाडौं । भारतको दिल्ली यु–१९ विरुद्ध पहिलो अभ्यास खेलमा नेपाली युवा टोली विजयी भएको छ । वीरगन्जको नारायणी क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा नेपालले दिल्लीलाई पाँच विकेटले हरायो ।
जितसँगै नेपालको तीन खेलको सिरिजमा १–० को अग्रता लिएको छ । जितका लागि दिल्लीले दिएको ९६ रनको लक्ष्य नेपालमा ३१ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको थियो ।
नेपालका लागि अमर मिश्रले सर्वाधिक २७ रन बनाए । रोशन विश्वकर्माले अविजित २५, कप्तान नरेन भट्टले १८ र सिब्रिन श्रेष्ठले १७ रन बनाए । बलिङमा दिल्लीका अमन चौधरीले दुई तथा क्रिरित कौशिक, कप्तान रौनक वेग्हेला र शुवम दुबेले एक एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको दिल्लीले २३।२ ओभरमा सबै विकेटको क्षतिमा ९५ रन बनाएको थियो । दिल्लीका लागि साथक पालले सर्वाधिक २९ रन बनाए । यस्तै शान्तानु यादव र आदित्य भण्डारीले १३–१३, अतुल्य पाण्डेले ११ र प्रनभ पन्तले १० रन बनाए ।
बलिङमा नेपालका अपराजित पौडेल र सिब्रिन श्रेष्ठले तीन तीन तथा विपिनप्रसाद शर्मा र अशोक धामीले दुईदुई विकेट लिए । सिरिजको दोस्रो खेल बिहीबार हुनेछ ।
Comments
अरु समाचार
-
बार्सिलोनाले यो सिजनको उपाधि नजिक
काठमाडौं । स्पेनिस लिग लिडर बार्सिलोनाले रोमाञ्चक पुनरागमन गर्दै आफूलाई यो सिजनको उपाधि नजिक पुर्याएको छ । शनिवार राती सेल्टाभिगोसँगको...
-
आईपीएलमा गुजरातले दिल्ली र लखनउले राजस्थानलाई हरायो
काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्स र लखनउ सुपर जायन्टस् विजयी भएका छन् । पहिलो खेलमा गुजरातले...
-
आईपीएलमा पञ्जाबको पाँचौं जित, अंकतालिकाको शीर्षस्थानमा
काठमाडौं । पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पाँचौं जित निकालेको छ । शुक्रबार भएको खेलमा पञ्जाबले बेंगलुरुलाई ५...
-
१९ वर्ष मुनिको क्रिकेटमा आज नेपाल र अफगानिस्तान भिड्दै
काठमाण्डौ । १९ वर्षमुनिको विश्वकप एशिया छनोटको अन्तिम तथा निर्णायक खेलमा आज नेपाल र अफगानिस्तान खेल्दैछन् । तल्लो मूलपानी मैदानमा...
-
आईपीएलमा आज : मुम्बई र हैदराबाद भिड्ने
काठमाडौं । आईपीएल २०२५मा आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबाद भिड्दैछन् । जारी सिजन यी दुई टोली पहिलो पटक आमने...
-
च्याम्पियन्स लिगको सेमिफाइनल समीकरण पूरा
काठमाडौं । युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनल समीकरण पूरा भएको छ।गएराति क्वार्टरफाइनलका दुई खेल सकिएसँगै फाइनल पुग्न भिड्ने टिमको टुंगो लागेको...
-
आईपीएल: सुपर ओभरमा दिल्लीले राजस्थानलाई हरायो
काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई सुपर ओभरमा हराएको छ । दिल्लीले दिएको १८९ रनको...
-
यू-१९ विश्वकप एसिया छनोट: आज नेपाल र हङकङबिच प्रतिस्पर्धा हुँदै
काठमाडौं । काठमाडौंको मूलपानीमा जारी आईसीसी यू–१९ विश्वकप एसिया छनोटको आफ्नो तेस्रो खेलमा नेपालले आज हङकङबिच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगितामा...
-
१९ वर्षमुनिको खेलमा नेपालद्वारा ओमान ८ विकेटले पराजित
काठमाण्डाै । आईसीसी १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ । माथिल्लो मूलपानी मैदानमा आज...