ताजा समाचार

सिंहदरबारमा विपक्षी दलको बैठक, के छन एजेण्डा ?

काठमाडाैं । सिंहदरबरमा विपक्षी दलको बैठक चलिरहेको छ ।

सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा विपक्षी दलहरु छलफलमा जुटेका हुन् ।

बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट कार्यवाहक सभापति डीपी अर्याल, उपसभापति स्वर्णिम वाग्ले, नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधव नेपालसहितका नेता सहभागी छन् ।

सरकारले कुलमान घिसिङलाई बर्खास्त गरेपछि विपक्षी दलहरुले रणनीति तयार पार्न बैठक बोलाएको बताइएो छ । आजै संघीय संसदका दुबै सदनको बैठक समेत बस्दैछ । यस्तोमा उनीहरुले संसदीय मामलाबारे समेत छलफल गर्ने बताएका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org