प्रधानमन्त्रीको गैरजिम्मेवारपूर्ण टिप्पणी, १०–१५ हजारको जुलुस सामान्य
काठमाडौं । भोलि अर्थात चैत्र–१५ गते, काठमाडौंमा राजतन्त्रवादीहरु र गणतन्त्रवादीहरुले दुई फरक ठाउँमा प्रर्दशन गर्दैछन् ।
त्यही प्रर्दशनका विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले गैरजिम्मेवारपूर्ण टिप्पणी गरेका छन् । उनले काठमाडौंमा हुने उक्त प्रर्दशनमा १०–१५ हजारको जुलुस सधैं निस्किन्छन्, भोलि पनि हुने त्यही हो भन्दै संवेदनशिल विषयमा प्रधानमन्त्रीस्तरबाट गैरजिम्मेवार पूर्ण टिप्पणी गरेका हुन् ।
आठौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलालाई सम्बोधन गर्दै उनले के–के हुने भनेर त्रास फैलाइएको भन्दै त्यस्तो केही नहुने र तिललाई पहाड बनाउने काम भएको टिप्पणी गरेका छन्। त्यस्तै यस्ता प्रर्दशन सधै हुने भन्दै उनले वास्ता नगर्न भनेका छन् ।
त्यस्तै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बखास्त गर्ने निर्णयको अहिले सवत्र विरोध भईरहेको छ ।प्रधानमन्त्रीको यो टिप्पणीको अहिले सर्वत्र विरोध भइरहेको छ । सरकारप्रति चरम निराशा, भ्रष्ट्राचार, अनियमितता, बेरोजगारी, महंगी, कालोबजारीबाट प्रताडीत जनताको आक्रोसलाई सामान्य मनेर प्रधानमन्त्रीले गरेको यस्तो टिप्पणी गैरजिम्मेवारपूर्ण ठानिएको छ ।
त्यस्तै यहि मौकामा केही फाईदा उठाउँन सकिन्छ कि भनेर मौकामा चौका हान्न तायार बनेर बसेका राजतन्त्रवादी शक्तिहरु अहिले सलबलाउन थालेका छन्, भने भोलि काठमाडौंमा बृहत प्रर्दशन गर्ने भन्दै तम्सिएका छन् ।
यस्तो अवस्थामा जनतामा उत्साह जगाउने खालका काम गर्नुको साटो झनै उत्तेजित र आक्रोशित पार्ने प्रधानमन्त्रीको गैरजिम्मेवारपूर्ण टिप्पणीले आगोमा मट्टितेल थप्ने काम बाहेक केही नभएको टिप्पणी हुन थालेको छ ।
भोलि (चैत १५) समाजवादी मोर्चामा संलग्न दलहरूले काठमाडौंमा संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा प्रदर्शन गर्दैछन् । त्यस्तै, राजावादी समूहले पनि काठमाडौंमै प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ ।
Comments
अरु समाचार
-
अन्ततः ब्याक भयो राप्रपाः आन्दोलन शान्तिपूर्ण हुने दाबी, सरकारलाई यस्तो अपिल
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबारको प्रदर्शन प्रतिकात्मक र शान्तिपूर्ण हुने बताएको छ । सरकारले निषेधाज्ञा तोड्ने वा कानूनको उल्लङ्घन...
-
निषेधित क्षेत्र तोडे राप्रपालाई कारबाही गरिने
काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज गर्न लागेको प्रदर्शनमा निषेधित क्षेत्र तोडे कारबाही गर्ने गृह मन्त्रालयले चेतावनी दिएको...
-
शिक्षकहरुको प्रदर्शन आज बिहान नौ बजेदेखि तीनघण्टा
काठमाण्डौ । शिक्षकहरुको आन्दोलन आज १९ औं दिन पुगेको छ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै गएको चैत...
-
रुस र युक्रेनबीचको वार्ता पटकपटक असफल, अमेरिकाले दियो चेतावनी
वासिङटन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रुस र युक्रेनबीचको वार्ता निरन्तर असफल हुने बारेमा चेतावनी दिएका छन् । उनले...
-
पार्टी फुटाएर जानेहरू अघाएर झरेका किर्ना हुन् : प्रधानमन्त्री ओली
चितवन । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाइको कम्युनिष्ट पार्टी दुईपटकसम्म फुटाएर जानेहरू पार्टी भित्र अघाएर...
-
धवल शम्शेरलाई उपचारका लागि छाड्ने तयारी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्रीसमेत रहेका प्रतिनिधि सभा सांसद धवल शम्शेर जबरालाई हिरासतबाट छाड्ने तयारी भएको छ। स्वास्थ्य...
-
गाउँपालिका अध्यक्षमाथि गोली प्रहार
कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि गोली प्रहारको प्रयास भएको छ। अध्यक्ष चाैधरीलाई लक्षित गर्दै गोली प्रहार भएको...
-
रास्वपामा भाँडभैलोः कोशी प्रदेश इन्चार्जले दिए राजीनामा
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीभित्रको विवाद चर्किन थालेको छ । रास्वपा कोशी प्रदेश इन्चार्जले आफूलाई पार्टीले बर्खास्त गरेको भन्दै पदबाट...
-
निजामती कर्मचारीहरू पनि उत्रिए आन्दोलनमा
काठमाडौं । निजामती कर्मचारीहरू पनि आन्दोलनमा उत्रिएका छन् । काठमाडौंमा विभिन्न पेसा, समूहको आन्दोलन बढिरहेका बेला कर्मचारीहरूले पनि आन्दोलनका कार्यक्रम...