जापान योकोसुका सिटीका मेयरसहितको टोली भरतपुरमा
काठमाडौं। जापानबाट भरतपुर महानगरपालिका भ्रमणका लागि आएको योकोसुका सिटीका प्रमुखसहितको टोलीलाई भरतपुर महानगरपालिकाले स्वागत गरेको छ ।
योकोसुका सिटीका प्रमुख (मेयर) कामिजी क्याटसुअकिसहितको टोलीलाई आज महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले स्वागत गरेका हुन् ।
जापानबाट आएको कामिजीसहितको १० जनाको समूहलाई स्वागत गर्दै महानगरप्रमुख रेनु दाहालले नेपाल र जापानबीच १ सेप्टेम्वर, १९५६ मा दौत्य सम्बन्ध सुरु भई सद्भावपूर्ण सम्बन्ध, आपसी समझदारी तथा नेपालको पूर्वाधार र विकासका साथै अन्तरराष्ट्रिय मञ्चमा सहकार्य हुँदै आएको बताइन् । दाहालले नेपाल र जापानबीचको सम्बन्ध आगामी दिनमा जनस्तरमा प्रगाढ र सुदृढ बन्ने विश्वास व्यक्त गरिन् ।
प्रमुख दाहालले सन् २०२३ मार्च ६ देखि १५ सम्म जापान भ्रमण गरेकी थिइन् । सो क्रममा भरतपुर महानगरपालिका र योकोसुका सिटीबीच आपसी हितको उद्देश्यले समझदारी भएको थियो । भरतपुर महानगरपालिकाले फोहर मैला व्यवस्थापनमा जापानको सहयोगको अपेक्षा गरेको प्रमुख दाहालले बताइन् ।
योकोसुका सिटीका प्रमुख कामिजीले भरतपुरको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने बताए । जापानमा काम गर्न इच्छुक नेपाली नागरिकको अवस्थाबारे प्रत्यक्ष बुझ्न र जापानी भाषाको पढाइबारे प्रत्यक्ष हेर्न पाएको उनले जानकारी दिए । सो समूहले आज भरतपुर महानगपालिकाका विभिन्न क्षेत्रको अवलोकन भ्रमण गर्ने जनाइएको छ ।
Comments
अरु समाचार
-
निषेधित क्षेत्र तोडे राप्रपालाई कारबाही गरिने
काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज गर्न लागेको प्रदर्शनमा निषेधित क्षेत्र तोडे कारबाही गर्ने गृह मन्त्रालयले चेतावनी दिएको...
-
शिक्षकहरुको प्रदर्शन आज बिहान नौ बजेदेखि तीनघण्टा
काठमाण्डौ । शिक्षकहरुको आन्दोलन आज १९ औं दिन पुगेको छ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै गएको चैत...
-
आईपीएलमा गुजरातले दिल्ली र लखनउले राजस्थानलाई हरायो
काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्स र लखनउ सुपर जायन्टस् विजयी भएका छन् । पहिलो खेलमा गुजरातले...
-
आजको राशिफलः २०८२ वैशाख ७ गते आइतबार
मेष: व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ। प्रतिस्पर्धीहरूले समेत सहयोगका...
-
‘मुस्ताङमा १० दिने चौँरी मेला, पर्यटन प्रवर्द्धनको आधार’
जोमसोम । मुस्ताङको थासाङ गाउँपालिका-२ घट्टे खोलामा शनिबारदेखि चौँरी मेला सुरु भएको छ । हिमालयन याक नाक पालन उपसमिति मुस्ताङको...
-
वर्षा बाधक बन्दा विश्वकपमा पुग्ने नेपालको सपना चकनाचुर
काठमाडौं । काठमाडौंको मुलपानीमा जारी आइसिसी यू–१९ विश्वकप २०२६ मा छनोट प्रतियोगिताको खेल अवरुद्ध हुँदा विश्वकमा पुग्ने नेपालको सपना तहसनहस...
-
सभामुखदेखि प्रधानमन्त्रीसम्म शिक्षकहरुको भेट किन निष्कर्षविहीन ?
काठमाडौं । नेपाल शिक्षक महासंघको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको भेटपछि आन्दोलन झनै लम्बिएर जाने देखिएको छ । संघले...
-
आईपीएलमा पञ्जाबको पाँचौं जित, अंकतालिकाको शीर्षस्थानमा
काठमाडौं । पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पाँचौं जित निकालेको छ । शुक्रबार भएको खेलमा पञ्जाबले बेंगलुरुलाई ५...
-
रुस र युक्रेनबीचको वार्ता पटकपटक असफल, अमेरिकाले दियो चेतावनी
वासिङटन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रुस र युक्रेनबीचको वार्ता निरन्तर असफल हुने बारेमा चेतावनी दिएका छन् । उनले...