भारतले नेपालमा विद्युत् आयात अवधि थप पाँचघण्टा बढाउँदै
काठमाडौं । भारतले नेपाललाई हाल उपलब्ध गराउँदै आएको विद्युत् आयात अवधि थप पाँच घण्टा बढाउने भएको छ । हाल बिहान ६ देखि साँझ ५ बजेसम्म मात्रै आयात हुने गरेकोमा अब राति ११ बजेदेखि बिहान ४ बजेसम्म पनि विद्युत् उपलब्ध गराउने जानकारी भारतीय समकक्षीले ऊर्जा सचिव सुरेश आचार्यलाई दिएको ऊर्जा मन्त्रालय स्रोतले जानकारी दियो । भारतले १५ मार्चदेखि सन आवर अर्थात् बिहान ६ देखि साँझ ५ बजेसम्म मात्रै नेपाललाई विद्युत् उपलब्ध गराउने गरी यसअघि स्वीकृति दिएको थियो ।
त्यस अवधिमा भारतीय खुला बजार (आईईएक्स) बाट १ हजार ४ मेगावाटसम्म विद्युत् आयात गर्न सकिने गरी स्वीकृति प्राप्त भएको छ । त्यसबाहेक १३ घण्टा आईईएक्सबाट आयात हुने विद्युत् पूरै बन्द हुने गरेको छ । अगामी १ अप्रिलदेखि अब राति ११ देखि बिहान ४ बजेसम्म ६ सय मेगावाट विद्युत् आयात गर्न पाइने भएको हो । यसबारे भारतीय पक्षले एसएमएस मार्फत जानकारी गराएको स्रोतले बतायो ।
यसरी रातको समयमा ६ सय मेगावाट विद्युत् आयात गर्न पाउँदा औद्योगिक क्षेत्रको लोडसेडिङ घटाउन मद्दत पुग्ने छ । रातको समय १२ घण्टासम्म औद्योगिक क्षेत्रमा लोडसेडिङ हुने गरेकोमा अब त्यो अवधि घट्ने मन्त्रालयको भनाइ छ ।
त्यस्तै, रातको समयमा विद्युत् आयात गर्न पाउँदा त्यस अवधिमा पिकिङ रन अफ द रिभर आयोजनाहरू बन्द गरी पानी जम्मा गर्न सकिने र त्यस्तो विद्युत् पिक आवरमा उत्पादन गर्न सकिने छ । यसैगरी नेपालको एकमात्रै जलाशययुक्त आयोजना कुलेखानीको पानी भण्डारण बचाउन पनि यसले मद्दत गर्ने छ ।
Comments
अरु समाचार
-
चर्चित ५२ भाइको मुद्दा: रमनको जिकिरमाथि रमेशको दर्बिलो प्रहार
काठमाडाैं । चर्चित संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्धको रिटमा निवेदकका कानून व्यवसायीहरूले उठाएका तर्कमाथि महान्यायाधिवक्ता रमेश बडालले दर्बिलो प्रहार गरेका छन्...
-
भारतीय विद्युत मन्त्री आज नेपाल आउँदै, प्रसारण लाइन सम्झौतापत्रमा हस्ताक्षर हुने
काठमाडौं । भारतका विद्युत, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर मङ्गलबार (आज) नेपाल भ्रमणमा आउँदै छन् । ऊर्जा, जलस्रोत तथा...
-
ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका उम्मेदवार विजयी
काठमाडौं । नेपाल ल क्याम्पस स्ववियु सभापतिमा अनेरास्ववियुका समिर रिजाल निर्वाचित भएका छन् । विपक्षी नेविसङ्घका मोहम्मद प्रबेजलाई ११७ मतले...
-
आजको राशिफलः २०८२ साल वैशाख ९ गते मंगलबार
मेष : आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउनेछन्। श्रम परे पनि उपलब्धि कम मात्र प्राप्त हुनेछ। स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ।...
-
आफूलाई बाइपास गरेर अमेरिकासँग व्यापार नगर्न चीनको चेतावनी
बेइजिङ । अमेरिकासँग व्यापारिक सम्झौता गरेर आफ्नो व्यापार सीमित पार्न खोजे त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चीनले अन्य देशलाई चेतावनी दिएको...
-
शिक्षा मन्त्री भट्टराईले दिइन् राजीनामा
काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन् । मन्त्री भट्टराईले सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा...
-
रवि लामिछानेको रिट हेर्न नमिल्नेमा
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिट हेर्न नमिल्ने भएको...
-
रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण निवेदनको पेशी आज
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा परेको बन्दीप्रत्यक्षीकरण रिटको पेशी...
-
कालीकोट ट्याक्टर दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौं । कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । पलाँता-९ थिर्पुबाट खाद्यान्न बोकेर खिनतर्फ जाँदै गरेको ट्याक्टर...