नेपाली क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा चर्चित अष्ट्रेलियन क्रिकेटर स्टुअर्ट ल
काठमाडाैं । नेपाली क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा चर्चित अस्ट्रेलियन क्रिकेटर स्टुअर्ट ल नियुक्त भएका छन् ।
नेपाल क्रिकेट संघले शुक्रबार एक विज्ञप्ति निकाल्दै यसबारे जानकारी दिएको हो । क्यानले स्टुअर्ट ललाई आगामी दुई वर्षको लागि नेपाली क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त गरेको जनाएको छ।
क्यानका अनुसार, प्रमुख प्रशिक्षक पदका लागि विश्वभरबाट ७० जनाले आवेदन दिएका थिए। ती आवेदनहरू मध्येबाट उत्कृष्ट १० जनाको नाम सर्टलिस्ट गरिएको थियो । क्यानले ती १० जनामध्येबाट अन्तर्वार्ता लिई स्टुअर्टलाई छनोट गरेको हो।
नयाँ प्रशिक्षकको छनोट प्रक्रियामा अघिल्लो कार्यकालका केही प्रशिक्षकहरूले समेत पुनः आवेदन दिएका थिए । मोन्टी देसाई बिदा भएपछि अब नेपाली टोली सम्हाल्न चर्चित अस्ट्रेलियन क्रिकेटर आउने भएका हुन् ।
Comments
अरु समाचार
-
अन्ततः ब्याक भयो राप्रपाः आन्दोलन शान्तिपूर्ण हुने दाबी, सरकारलाई यस्तो अपिल
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबारको प्रदर्शन प्रतिकात्मक र शान्तिपूर्ण हुने बताएको छ । सरकारले निषेधाज्ञा तोड्ने वा कानूनको उल्लङ्घन...
-
वर्षा बाधक बन्दा विश्वकपमा पुग्ने नेपालको सपना चकनाचुर
काठमाडौं । काठमाडौंको मुलपानीमा जारी आइसिसी यू–१९ विश्वकप २०२६ मा छनोट प्रतियोगिताको खेल अवरुद्ध हुँदा विश्वकमा पुग्ने नेपालको सपना तहसनहस...
-
धवल शम्शेरलाई उपचारका लागि छाड्ने तयारी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्रीसमेत रहेका प्रतिनिधि सभा सांसद धवल शम्शेर जबरालाई हिरासतबाट छाड्ने तयारी भएको छ। स्वास्थ्य...
-
वीरगञ्जको निषेधाज्ञा हट्यो
काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहानदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाएको निषेधाज्ञा हटाएको छ । प्रमुख जिल्ला अधिकारी गणेश...
-
गाउँपालिका अध्यक्षमाथि गोली प्रहार
कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि गोली प्रहारको प्रयास भएको छ। अध्यक्ष चाैधरीलाई लक्षित गर्दै गोली प्रहार भएको...
-
रास्वपामा भाँडभैलोः कोशी प्रदेश इन्चार्जले दिए राजीनामा
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीभित्रको विवाद चर्किन थालेको छ । रास्वपा कोशी प्रदेश इन्चार्जले आफूलाई पार्टीले बर्खास्त गरेको भन्दै पदबाट...
-
इंग्ल्याण्डबाट घुम्न आएका पर्यटक मृत भेटिए
धनगढी । कैलालीमा विदेशी नागरिक मृत भेटिएका छन् । इंग्ल्यान्डका ६५ वर्षीय स्पेफन गोर बिहीबार राति बर्दगोरिया गाउँपालिका-४ नोमाबोझीमा मृत...
-
राष्ट्रपतिद्वारा संसद्को अधिवेशन आह्वान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकको सिफारिसमा राष्ट्रपतिले...
-
यू-१९ विश्वकप एसिया छनोट: हङकङमाथि नेपालको सहज जित
काठमाडौं । नेपालले आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जित निकालेको छ । बुधबार भएको खेलमा नेपालले हङकङलाई सहजै...