ज्ञानेन्द्रलाई बयान लिएर कारबाही गर्नुपर्छ: डा. बाबुराम भट्टराई
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कानुनी कारबाही गर्नुपर्ने बताएका छन् । सिंहदरबारमा जारी गणतन्त्र पक्षधरहरूको बैठकमा धारणा राख्दै उनले यस्तो बताएका हुन् ।
जरुरी काम भएको भन्दै सुरुमै आफ्ना कुरा राखेका भट्टराईले भने ‘ज्ञानेन्द्र शाहले जुन हर्कत गर्दै आइरहेका थिए । अस्ति १५ गते उनकै उक्साहट र निर्देशनमा जुन गतिविधि भए । त्यसले सिमा नाघ्यो,’ बैठकमा राखेको भनाइ उद्धृत गर्दै उनले भनेका छन्, ‘उनलाई अब समय दिन सकिँदैन । दलहरूले यो विषयमा एउटा सहमति बनाएर उनलाई आवश्यक संवैधानिक कानुनी कारबाही अघि बढाउनुपर्छ भनेर मैले धारणा राख्नुभयो ।’
उनलाई संविधानसभाबाट विधिवत ढंगले राजतन्त्र उन्मुलन गरेर निष्कासन गरिएको जिकिर उनले, ‘उदारतापूर्वक बस्ने सुविधा दिएको हो । पटकपटक आफू राजा नै भएको, त्यही ढंगले वक्तव्य दिने काम गरे त्यो उनको ठगी धन्धा हो,’ ।
उनले पूर्वराजा शाहलाई बयान लिएर कारबाही गर्नुपर्छ भन्ने कुरा बैठकमा आफूले राखेको बताए । भट्टराईका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शाहका गतिविधि संविधान विपरीत रहेको बताएका छन् ।
Comments
अरु समाचार
-
अन्ततः ब्याक भयो राप्रपाः आन्दोलन शान्तिपूर्ण हुने दाबी, सरकारलाई यस्तो अपिल
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबारको प्रदर्शन प्रतिकात्मक र शान्तिपूर्ण हुने बताएको छ । सरकारले निषेधाज्ञा तोड्ने वा कानूनको उल्लङ्घन...
-
निषेधित क्षेत्र तोडे राप्रपालाई कारबाही गरिने
काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज गर्न लागेको प्रदर्शनमा निषेधित क्षेत्र तोडे कारबाही गर्ने गृह मन्त्रालयले चेतावनी दिएको...
-
शिक्षकहरुको प्रदर्शन आज बिहान नौ बजेदेखि तीनघण्टा
काठमाण्डौ । शिक्षकहरुको आन्दोलन आज १९ औं दिन पुगेको छ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै गएको चैत...
-
आईपीएलमा गुजरातले दिल्ली र लखनउले राजस्थानलाई हरायो
काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्स र लखनउ सुपर जायन्टस् विजयी भएका छन् । पहिलो खेलमा गुजरातले...
-
आजको राशिफलः २०८२ वैशाख ७ गते आइतबार
मेष: व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ। प्रतिस्पर्धीहरूले समेत सहयोगका...
-
‘मुस्ताङमा १० दिने चौँरी मेला, पर्यटन प्रवर्द्धनको आधार’
जोमसोम । मुस्ताङको थासाङ गाउँपालिका-२ घट्टे खोलामा शनिबारदेखि चौँरी मेला सुरु भएको छ । हिमालयन याक नाक पालन उपसमिति मुस्ताङको...
-
वर्षा बाधक बन्दा विश्वकपमा पुग्ने नेपालको सपना चकनाचुर
काठमाडौं । काठमाडौंको मुलपानीमा जारी आइसिसी यू–१९ विश्वकप २०२६ मा छनोट प्रतियोगिताको खेल अवरुद्ध हुँदा विश्वकमा पुग्ने नेपालको सपना तहसनहस...
-
सभामुखदेखि प्रधानमन्त्रीसम्म शिक्षकहरुको भेट किन निष्कर्षविहीन ?
काठमाडौं । नेपाल शिक्षक महासंघको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको भेटपछि आन्दोलन झनै लम्बिएर जाने देखिएको छ । संघले...
-
आईपीएलमा पञ्जाबको पाँचौं जित, अंकतालिकाको शीर्षस्थानमा
काठमाडौं । पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पाँचौं जित निकालेको छ । शुक्रबार भएको खेलमा पञ्जाबले बेंगलुरुलाई ५...