ताजा समाचार

नेटोद्वारा स्पेनको तटमा प्रमुख नौसेना अभ्यास सञ्चालन

काठमाडौं । नेटोले स्पेनको दक्षिणपश्चिम तटमा ठूलो स्तरको बहुराष्ट्रिय प्रशिक्षण अभ्यास सञ्चालन गरेको छ । डायनामिक मेरिनर÷फ्लोटेक्स–२५ अभ्यास, २०२५ को लागि नेटोको सबैभन्दा ठूलो योजनावद्ध अभ्यास हो ।

पश्चिमी भूमध्यसागर र एट्लान्टिक महासागरमा स्पेनी क्षेत्रमा अभ्यास मार्च २४ देखि अप्रिल ४ सम्म सञ्चालन हुनेछ ।यो अभ्यासमा फ्रान्स, जर्मनी, इटाली, पोर्चुगल, स्पेन, क्रोएसिया, संयुक्त राज्य अमेरिका, ग्रीस र टर्कीका नौ देशका लगभग ४ हजार सैन्य कर्मचारी, ३० जहाज, दुई पनडुब्बी, उभयचर एकाइ र विमानहरू समावेश छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org