त्रिचन्द्रका निर्वाचन अधिकृतलाई नेविसंघले दल्यो कालोमोसो
काठमाडौं। त्रिचन्द्र क्याम्पसका स्ववियु निर्वाचन अधिकृतलाई नेविसंघका विद्यार्थीहरूले कालोमोसो दलेका छन् ।
निर्वाचनको विषयमा सर्वदलीय बैठक बसिरहेका बेला नेविसंघका विद्यार्थीहरूले निर्वाचन अधिकृत अंगतमणि गौतममाथि एक्कासी कालोमोसो दलेका हुन् ।
निर्वाचन गराउने विषयमा निर्वाचन अधिकृत गौतमले सर्वदलीय बैठक राखेका थिए । त्यहिबेला निर्वाचन अधिकृत एकलौटि ढंगले अघि बढेको भन्दै उनीमाथि कालोमोसो दलिएको बताईएको छ । त्रिचन्द्रमा नेविसंघको तालाबन्दीका कारण निर्वाचन हुन सकेको छैन।
चैत पाँच गते हुन नसकेको निर्वाचन नेबिसंघकै आन्तरिक विवदाका कारण चैत १३ गतेका लागि सरेको थियो । सो मितिमा पनि नेविसंघका कार्यकर्ताले तालाबन्दी गरेका कारण १९ गतेलाई सरेको छ । भोलि पनि विवाद उत्पन्न भएका कारणले निर्वाचन हुने नहुने अनिश्चत बनेको छ ।





Comments
अरु समाचार
-
सर्वोच्च अदालतले गगन थापासँग माग्यो लिखित जवाफ
काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।...
-
कांग्रेस क्रियाशील सदस्यहरुले जिल्लाबाटै अनलाइनमार्फत सूचीकरण गनुपर्ने
काठमाडौं। नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण गरेकाहरुको नामलाई अनलाइन सूचीकृत सम्बन्धित जिल्लाबाट गर्ने व्यवस्था गरिएको छ । मंगलबार बसेको सदस्यता...
-
प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित
काठमाडौं । भन्सार सम्बन्धी ऐनलाई संसोधन तथा एकिकरण गर्न बनेको भन्सार विधेयक आज बसेको प्रतिनिधिसभाको बैठकबाट पारित भएको छ ।...
-
प्रधानमन्त्रीको राजिनमा माग
काठमाडौं । नेकपा माओवादीका केन्द्रका सांसद प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्न हतारिएका छन् । आज बुधबार बसेको प्रतिनिधि सभाको...
-
रवीन्द्र मिश्रमाथि दुर्व्यवहार भयोः मनिष झा
काठमाठौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले रवीन्द्र मिश्रमाथि राज्यले दुर्व्यवहार गरेको आरोप लगाएका छन् । आज बुधबार बसेको...
-
लक्ष्मी सर सामुदायिक विद्यालय डुबाउने खेलमा !
काठमाडाैं । काठमाडाैंमा जारी शिक्षक आन्दोलन सहमतिभन्दा पनि बखेडातर्फ उन्मुख हुन थालेको प्रष्ट संकेतहरु देखिन थालेका छन् । नेपाल शिक्षक...
-
राष्ट्रपतिले वैशाख १९ मा प्रतिनिधि र राष्ट्रियसभामा सम्बोधन गर्ने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको बैठकलाई सम्बोधन गर्ने भएका छन् । यही वैशाख १९ गते दुवै...
-
प्रतिनिधिसभा बैठकमा आज भन्सार विधेयक प्रस्ताव गरिँदै
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे सुरु हुनेछ...
-
सरकार र शिक्षकबीचको वार्ता अगाडि बढ्न पुगेन तयारी
काठमाण्डौ । सरकार र आन्दोलनरत शिक्षक महासङ्घबीचको वार्ता सकारात्मक भएको छ । गएराति अबेरसम्म शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको...