पाकिस्तानको जेलमा रहेका इमरान खान नोबेल शान्ति पुरस्कारका लागि मनोनीत
काठमाडौं । पाकिस्तानको जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानलाई नोबेल शान्ति पुरस्कारको लागि मनोनयन गरिएको छ। राष्ट्रिय कोष हिनामिना गरेको आरोपमा इमरान खान २०२३ देखि जेलमा छन्।
नर्वेको राजनीतिक दल पार्टीट सेन्ट्रमसँग सम्बन्धित पाकिस्तान वर्ल्ड एलायन्सले पाकिस्तानमा मानव अधिकार र लोकतन्त्रको प्रवर्द्धन गर्न इमरान खानको मनोनयनको घोषणा गरेको छ।
पार्टीट सेन्ट्रमले आइतबार एक्समा पोस्ट गर्यो,‘पार्टीट सेन्ट्रमको तर्फबाट हामी यो घोषणा गर्न पाउँदा खुसी छौं कि हामीले मनोनयन गर्ने अधिकार भएका जो कोहीसँग मिलेर, पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई नोबेल शान्ति पुरस्कारको लागि मनोनीत गरेका छौं।’
यसअघि इमरानलाई २०१९ को नोबेल शान्ति पुरस्कारको लागि मनोनीत गरिएको थियो। यो मनोनयन भारतसँगको तनाव कम गर्न २०१९ मा गरिएको थियो। उनको समर्थनमा पाकिस्तान संसदमा एक प्रस्ताव पेस गरिएको थियो, जसमा भनिएको थियो, ‘इमरान खानले बालाकोट हवाई आक्रमण पछि भारतसँगको तनाव कम गर्ने प्रयास गरेका थिए।’
२०२५ को नोबेल शान्ति पुरस्कारका लागि ३३८ मनोनयनहरू छन्। यीमध्ये २४४ व्यक्ति र ९४ संस्थाहरू छन्। गत वर्ष यस पुरस्कारका लागि २८६ जना मनोनीत भएका थिए। २०१६ मा सबैभन्दा धेरै ३७६ मनोनयनहरू आएका थिए। २०२५ को नोबेल शान्ति पुरस्कारको लागि मनोनयनको अन्तिम मिति जनवरी ३१ थियो।
Comments
अरु समाचार
-
चर्चित ५२ भाइको मुद्दा: रमनको जिकिरमाथि रमेशको दर्बिलो प्रहार
काठमाडाैं । चर्चित संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्धको रिटमा निवेदकका कानून व्यवसायीहरूले उठाएका तर्कमाथि महान्यायाधिवक्ता रमेश बडालले दर्बिलो प्रहार गरेका छन्...
-
भारतीय विद्युत मन्त्री आज नेपाल आउँदै, प्रसारण लाइन सम्झौतापत्रमा हस्ताक्षर हुने
काठमाडौं । भारतका विद्युत, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर मङ्गलबार (आज) नेपाल भ्रमणमा आउँदै छन् । ऊर्जा, जलस्रोत तथा...
-
ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका उम्मेदवार विजयी
काठमाडौं । नेपाल ल क्याम्पस स्ववियु सभापतिमा अनेरास्ववियुका समिर रिजाल निर्वाचित भएका छन् । विपक्षी नेविसङ्घका मोहम्मद प्रबेजलाई ११७ मतले...
-
शिक्षा मन्त्री भट्टराईले दिइन् राजीनामा
काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन् । मन्त्री भट्टराईले सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा...
-
भारतीय विद्युत मन्त्री नेपाल आउँदै
काठमाडौं । भारतका विद्युत् आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर मंगलबार दुई दिने भ्रमणका लागि नेपाल आउँदै छन्। ऊर्जा, जलस्रोत...
-
रवि लामिछानेको रिट हेर्न नमिल्नेमा
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिट हेर्न नमिल्ने भएको...
-
रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण निवेदनको पेशी आज
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा परेको बन्दीप्रत्यक्षीकरण रिटको पेशी...
-
सिंहदरबार वरपर कडा सुरक्षा व्यवस्था, चारैतर्फका सडक ठप्प
काठमाडौं । आज आइतबार राप्रपाले काठमाडौंमा गरेको प्रदर्शनलाई लक्षित गरी सिंहदरबार वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ । देशकै प्रमुख...
-
परराष्ट्रमन्त्री राणा बैंकक प्रस्थान
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा थाइल्याण्डको बैंकक प्रस्थान गरेकि छन् । थाइल्याण्डको बैंककमा आगामी २१ दखि २५ अप्रिलसम्म आयोजना हुने...