पाकिस्तानको जेलमा रहेका इमरान खान नोबेल शान्ति पुरस्कारका लागि मनोनीत
काठमाडौं । पाकिस्तानको जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानलाई नोबेल शान्ति पुरस्कारको लागि मनोनयन गरिएको छ। राष्ट्रिय कोष हिनामिना गरेको आरोपमा इमरान खान २०२३ देखि जेलमा छन्।
नर्वेको राजनीतिक दल पार्टीट सेन्ट्रमसँग सम्बन्धित पाकिस्तान वर्ल्ड एलायन्सले पाकिस्तानमा मानव अधिकार र लोकतन्त्रको प्रवर्द्धन गर्न इमरान खानको मनोनयनको घोषणा गरेको छ।
पार्टीट सेन्ट्रमले आइतबार एक्समा पोस्ट गर्यो,‘पार्टीट सेन्ट्रमको तर्फबाट हामी यो घोषणा गर्न पाउँदा खुसी छौं कि हामीले मनोनयन गर्ने अधिकार भएका जो कोहीसँग मिलेर, पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई नोबेल शान्ति पुरस्कारको लागि मनोनीत गरेका छौं।’
यसअघि इमरानलाई २०१९ को नोबेल शान्ति पुरस्कारको लागि मनोनीत गरिएको थियो। यो मनोनयन भारतसँगको तनाव कम गर्न २०१९ मा गरिएको थियो। उनको समर्थनमा पाकिस्तान संसदमा एक प्रस्ताव पेस गरिएको थियो, जसमा भनिएको थियो, ‘इमरान खानले बालाकोट हवाई आक्रमण पछि भारतसँगको तनाव कम गर्ने प्रयास गरेका थिए।’
२०२५ को नोबेल शान्ति पुरस्कारका लागि ३३८ मनोनयनहरू छन्। यीमध्ये २४४ व्यक्ति र ९४ संस्थाहरू छन्। गत वर्ष यस पुरस्कारका लागि २८६ जना मनोनीत भएका थिए। २०१६ मा सबैभन्दा धेरै ३७६ मनोनयनहरू आएका थिए। २०२५ को नोबेल शान्ति पुरस्कारको लागि मनोनयनको अन्तिम मिति जनवरी ३१ थियो।
Comments
अरु समाचार
-
‘सर्वे भवन्तु सुखिन:’- प्रधानमन्त्री शाहले संस्कृत श्लोकमार्फत दिए नयाँ वर्षको शुभकामना
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ वर्ष २०८३ को सुखद अवसरमा समस्त नेपालीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना...
-
शाह नेतृत्वको मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व हालसम्मकै उच्च
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले महिला सहभागितामा हालसम्मकै ऐतिहासिक उपलब्धि हासिल गरेको छ । शाह नेतृत्वको १६ सदस्यीय...
-
आजदेखि ‘शून्य बाँकी फाइल अभियान सुरु हुँदै
काठमाडौं । सरकारी कार्यालयमा दर्ता भएका, सुरुआती टिप्पणीलगायत फाइल विभिन्न तह र टेबलमा अनावश्यक रूपमा थन्काएर निर्णयमा ढिलाइ हुने प्रवृत्ति...
-
प्रधानमन्त्रीसहित अन्य मन्त्रीहरूको सम्पत्ति कति ?
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सम्पत्ति विवरण...
-
साउदी अरबमा एकैदिन सात जनालाई मृत्युदण्ड
दुबई । साउदी अधिकारीहरूले एकै दिनमा लागुऔषध ओसारपसारको अभियोगमा दोषी ठहर भएका सात जनालाई मृत्युदण्ड दिएका छन् । पाँच साउदी...
-
शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म मनाइँदै
काठमाडौं । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म सञ्चालन गर्ने भएको छ ।...
-
सरकारमा समावेशी सहभागिता: मन्त्रिपरिषद्मा ४० प्रतिशत महिला
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले समावेशी शासनलाई केन्द्रमा राख्दै मन्त्रिपरिषद्मा महिलाको सहभागिता करिब ४० प्रतिशत गराएको छ ।...
-
रुबीकुमारी ठाकुर बनिन् ‘हालसम्मकै कान्छी’ उपसभामुख
काठमाडौं। धनुषाकी २६ वर्षीया रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा विजयी भएकी छन् । २०५७ जना सांसद उपस्थित भएर मतदान भएको...
-
सरकारले कानुन कार्यान्वयनको सुनिश्चितता गर्नेमा विश्वस्त छु: राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जनताको भावना अनुसार नयाँ बनेको सरकारले जनकल्याणकारी कानुन निर्माण र त्यसको परिणाममुखी कार्यान्वयनको काम गर्नेमा...












