भन्सार छलेर दुबईबाट ल्यापट भित्र्याउने ७ जना पक्राउ
काठमाडौंं । दुबईबाट फर्किने यात्रुलाई ल्यापटप ओसार्न लगाएर भन्सारछली गरेको अरोपमा न्युरोडका एक व्यापारीसहित ७ जना पक्राउ परेका छन्। न्युरोडको संकटा मन्दिरनजिक रहेको एलिटेड सप्लायर्स प्रालिबाट यसरी भन्सार छली गरेर ल्याएका डेल कम्पनीका ७२ थान ल्यापटप पनि प्रहरीले बरामद गरेको छ।
पक्राउ पर्नेमा एलिटेड सप्लायर्सका सञ्चालक मोरङको विराटनगर महानगरपालिका १५ घर भई हाल काठमाडौँको कंलकी बस्ने ३० वर्षका रसिद आलम, मकवानपुर राक्सीराङ गाउँपालिका ९ घर भई हाल सितापाइला बस्ने २६ वर्षका चित्रबहादुर मल्ल ठकुरी, सोही ठाउँका २४ वर्षका हुकुमबहादुर मल्ल र उदयपुरको कटारी नगरपालिका-५ घर भई हाल बौद्ध बस्ने ३१ वर्षका सुमीत केसी रहेका छन्।
उनीहरू तीनै जना दुबईबाट ल्याएका सामान लिन होटलसम्म पुगेका थिए। दुबईबाट ल्यापटप लिएर आउने महोत्तरी बलवा नगरपालिका १२ का २८ वर्षका राकेश गिरी, पाल्पा रम्भा गाउँपालिका १ का ४१ वर्षका तारा बहादुर रेस्मी मगर र पाँचथरको मिक्लाजुङ गाउपालिका ३ की ३५ वर्षकी कमला फियाक रहेका छन्।
भन्सार छल्नका लागी व्यापारीले दुबईबाट आउने यात्रुलाई एउटा ल्यापटप र एउटा मोबाइल पठाउने गरेको खुलेको छ। यसरी विदेशबाट आउनेलाई एउटा नयाँ ल्यापटप र एउटा मोबाइल ल्याउँदा सरकारले भन्सार छुट दिएको छ। दुबईबाट छुट्टा छुट्टै उडानमा सोमबाार नेपाल फर्किएका तीन जना बत्तीसपुतलीबाट पक्राउ परेको अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले जानकारी दिए।
दुबईबाट फर्किने यात्रुले ल्याएका ल्यापटप बुझ्न गएका तीन जनालाई पनि प्रहरीले त्यहीँ पक्राउ गरेको थियो। प्रारम्भिक अनुसन्धानमा ती सामान एलिटेड सप्लायर्समा लैजाने गरेको खुलेपछि प्रहरीले त्यहाँ छापा मारेको थियो। पसल सञ्चालक आलमले पहिलेदेखि नै यसरी सामान ल्याएर बेच्ने गरेको खुलेको एसपी जीसीले बताए। प्रहरीले पसल तथा स्टोरमा खानतलासी गर्दा बिल नभएका डेल कम्पनीका ६९ थान ल्यापटप र २ थान मोबाइद्य बरामद गरेको हो। बरामद भएका सामानसहित सातै जनालाई थप अनुसन्धान एवम् कारबाहीको लागि त्रिभुवन बिमानस्थल भन्सार कार्यालय पठाएको छ।
Comments
अरु समाचार
-
खाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग
काठमाडाैं । बजारमा खानेतेल, खाना पकाउने ग्यासलगायत सामग्रीको कृत्रिम अभाव देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानीका विभिन्न स्थानमा...
-
काठमाडौंको वायु प्रदूषण अस्वस्थ तहमा
काठमाडौं । काठमाडौंमा वायुको गुणस्तर खराब बन्दै गएको छ । आज बिहान काठमाडौंमा वायु प्रदूषणले अस्वस्थताको तह नाघेको छ ।...
-
नोबेल शान्ति पुरस्कार विजेता मोहम्मदीलाई इरानमा साढे ७ वर्षको जेल सजाय
काठमाडौं । नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई इरानको एक अदालतले साढे सात वर्षको जेल सजाय सुनाएको छ । उनका...
-
प्राधिकरणले कर्मचारीलाई भन्यो- सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादाको ख्याल गर
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आफ्ना कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादा र गरिमाको ख्याल गर्न सचेत गराएको छ...
-
आईसीसी टी–२० विश्वकप: नेपालले आज इंग्ल्याण्डसँग खेल्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दैछ । खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो...
-
महाशिवरात्रिका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा महाशिवरात्रि २०८२...
-
राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्य रुपमा मनाइने
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म मनाइने भएको छ । २००७ साल फागुन ७ गते नेपालमा राणाशासनको अन्त्य गरी...
-
कोइलाखानी विस्फोटमा दाजुभाइको मृत्यु
काठमाडौं । भारतको उत्तर पूर्वमा पार्ने मेघालय राज्यको एक कोइलाखानीमा भएको विस्फोटमा परेर खोटाङको बराहपोखरी गाउँपालिकाका एकै घरका २ दाजुभाइको...
-
निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम
काठमाडौँ। निर्वाचन आयोगले विभिन्न २५ जिल्लाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ तथा प्याकिङ सम्पन्न भइसकेको जनाएको छ । आयोगले उपलब्ध गराएको विवरणअनुसार...











