देशमा वायु प्रदूषण उच्च, अनावश्यक यात्रा नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
काठमाण्डौ । काठमाण्डौलगायत देशको पूर्वी भागमा वायु प्रदूषणले खतराको तह पार गरेको छ । वायुको अवस्था मापन गर्ने आईक्यू एअरको तथ्याङ्कअनुसार आज बिहान काठमाण्डौको एअर क्वालिटी इन्डेक्स (एक्यूआई) ३५६ छ ।एक्यूआई ५० सम्म स्वस्थकर, १०१ देखि १५० सम्म सामान्य जोखिम, १५१ देखि २ सयसम्म अस्वस्थकर, २०१ देखि ३०० सम्म निकै अस्वस्थकर र ३०१ भन्दा माथि मापन भए खतरनाक तहमा पुगेको मानिन्छ ।
काठमाण्डौ आज विश्वकै प्रदूषित शहरमध्ये दोस्रोमा परेको छ । आज सबैभन्दा धेरै प्रदुषण इराकको बगदाद रहेको छ । त्यहाँ आज बिहान एक्यूआई ११ सयभन्दा माथि पुगेकाे थियाे । अहिले भने त्यहाँकाे एक्यूआई ६०७ पुगेकाे छ ।पछिल्लो केही दिनदेखि काठमाण्डौमा प्रदूषण बढ्दा अस्पतालहरुमा बिरामीको चाप बढेको छ । वायु प्रदूषणका कारण बालबालिका, गर्भवती, दीर्घरोगी, र जेष्ठ नागरिकहरू बढी जोखिममा पर्ने गरेका छन् ।
स्वास्थ्य मन्त्रालयले वायु प्रदूषण बढेका कारण अनावश्यक यात्रा र बिहानी हिँडाइ नगर्न आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्ति निकालेर बाहिर यात्रा गर्नैपरेमा अनिवार्य रूपमा मास्क लगाउन र अत्यधिक प्रदूषित क्षेत्रहरूबाट टाढा रहन भनेको छ । मन्त्रालयले वायु प्रदूषणले मुटु, रक्तनली, फोक्सो, मस्तिष्क, आँखा, नाक, कान, र घाँटीलगायतका अङ्गहरूमा गम्भीर असर पार्ने भन्दै स्वास्थ्य सावधानी अपनाउन सुझाव दिएको छ
Comments
अरु समाचार
-
आजको राशिफल : २०८२ वैशाख १६ गते मंगलवार
मेष: कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपरे पनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। आलोचकहरूले समेत प्रशंसा गर्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो...
-
शिक्षक आन्दोलनबारे सर्वोच्चलाई शिक्षा मन्त्रालयले फर्कायो जवाफ
काठमाडौं । शिक्षकलाई विद्यालयमा फर्काउन भइरहेको पहलबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सर्वोच्च अदालतलाई सोमबार जवाफ फर्काएको छ । सर्वोच्चले...
-
सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस
काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा सरकारको वार्षिक प्रतिवेदन पेस भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट रक्षामन्त्री मानवीर...
-
सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
काठमाडौं । सहकारी पीडितहरूले सोमबार काठमाडौंको माइतीघर मण्डलमा अर्धनग्न भएर प्रदर्शन गरेका छन् । लामो समयदेखि आन्दोलित सहकारी पीडितहरुले आज...
-
आफ्नै बोली भारि पर्यो थापालाई, सर्वोच्चमा अवहेलना मुद्धा दायर
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दिएको अभिव्यक्तिलाई लिएर उनि विरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलनामा निवेदन दर्ता भएको छ...
-
ओलीको जवाफले गगन थचक्कै, देउवा पनि ‘इरिटेड’
काठमाडाैं । कांग्रेस महामन्त्री गगन थापाको हिरोइजममा प्रधानमन्त्री केपी ओलीले पानी खन्याइदिएका छन् । प्रधानमन्त्रीको बेडरुमसम्म विचाैलिया पुग्छन भन्दै हाइहाई...
-
भवितव्य नआए गुणाकर गभर्नर बन्ने पक्का
काठमाडाैं । राष्ट्र बैकमा रिक्त गभर्नरमा भवितव्य सिर्जना नभए अब गुणाकर भट्ट नियुक्त हुने भएका हुन् । प्रधानमन्त्रीको सरकारी निवास...
-
सक्रिय राजनीतिका लागि विद्यादेवीको दाैडधुप बाक्लियो, हेटाैडा जाँदै
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किने लगभग निश्चित भएको छ । देशका विभिन्न क्षेत्रमा राजनीतिक दाैडधुप बढाएकी...
-
नेपाल-भारत सीमामा थप सतर्कता, आवातजावतमा कडाइ
सुनसरी । भारतको जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि नेपाल–भारत सीमा क्षेत्रमा पनि निगरानी बढाइएको छ । खुला सीमाका कारण...