करोडाैं घुसबाट जोगिएका कुलमान सर्वोच्चमा ठहरै !
चोलेन्द्रको आशिर्वादले पुलपुलिदा अहिले तनाव
काठमाडाैं । भनिन्छ, जहिले पनि पैसा, पपुलिजम र आडम्बरले काम गर्दैन् । यस्तै हुन पुग्यो विद्युत प्राधिकरणबाट बर्खास्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ।
तत्कालिन समयमा कांग्रेस माओवादी केन्द्रको परमादेश सरकारले कुलमान घिसिङलाई स्थापित गर्न ठूलो भूमिका खेल्यो । त्यसमा साथ दिन पुगे तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा । जबरा अहिले पनि पेन्सनपट्टाका लागि रोइकराई गरिरहेकै छन् । यसको कारण, न्यायालयलाई उनले कस्तो तहसम्म पुर्याए भन्ने कुरा कुलमानदेखि रञ्जन कोइराला प्रकरणले प्रष्ट पारेकै छ ।
कुलमान अन्तरिम आदेशको माग गर्दै सर्वोच्च पुगेपनि सर्वोच्चले आदेश अस्वीकार गर्यो । कानून र न्यायिक प्रक्रियामा चोलेन्द्रको जस्तो हस्तक्षेप नहुँदा कुलमानले विल्लिबाठमा परेका हुन् । सर्वोच्चमा एकजना वरिष्ठ अधिवक्ताले अन्तरिम आदेशका लागि सेटिङ प्रयास जोडबलका साथ गरेपनि उनी सफल हुन सकेनन् । मोटो रकमका साथ वरिष्ठले सर्वोच्च परिसरमा लगाएको चक्करमाथि भने अहिले वकिलहरुले खासखुस गर्न थालेका छन् ।
कुलमानविरुद्ध हितेन्द्रदेव शाक्यको मुद्दालाई चोलेन्द्रले सर्वोच्चमा आफ्नै इजलासमा मुद्दा राख्ने काम असाध्यै गरे । त्यो समयमा उनले २०७८ भदाै ८ गतेदेखि असोज ५ गतेसम्म आफ्नो इजलासमा ४ पटक राखिसकेका थिए भने विभिन्न आदेश गर्दै थिए । ५ दिनको फरकमा समेत पेशी राख्ने गरेका चोलेन्द्रले त्यो बेला विद्युत प्राधिकरणकै एक कर्मचारीमार्फत करोडाैं रकम बुझेको स्रोतको दाबी छ ।

उसोतः चोलेन्द्रले त्यहि समयमा दरबारमार्गमा भव्य कार्यालय राखेर छोरामार्फत एउटा अनलाइन समेत सञ्चालनमा ल्याएका थिए । त्यो बेला उनले दराबरमार्गकै अनलाइन सञ्चारमाध्यमको कार्यालयबाट डिल गर्ने गरेको समेत बताइन्छ ।
हितेन्द्रदेव शाक्यमाथि चोलेन्द्रले चलाएको न्यायको तरबार अहिले कुलमानमाथि नै बर्सिएको जानकारहरुले बताउने गरेका छन् ।
जनताको ठूलो समर्थन र आफ्नो पक्षमा आन्दोलनसम्म चलिरहेको बेला ढुक्कले प्राधिकरण नेतृत्वमा फर्किने ठानेका कुलमानलाई सर्वोच्चले झड्का दिएपछि उनी छटपटीमा परेका छन् । अन्तरिम आदेशमार्फत प्राधिकरणको नेतृत्वमा फर्किन तम्तयार भएका उनी अब के गर्लान ? प्राधिकरणमै हल्लाखल्ला चल्ने गरेको बताइन्छ ।
प्रााधिकरणमा हुँदा ठूलो रकमको चलखेल गरेका उनीमाथि संसदको सार्वजनिक लेखा समितिमा समेत मुद्दा छ । यसको किनारा कहिले लाग्ला ? चासोका साथ हेर्ने गरिन्छ । उसोतः लेखा समितिमा कुलमानविरुद्ध आवाज उठाउनेमाथि प्रतिपक्षी दलका सांसदहरु आक्रोशित हुे गर्छन् । प्राधिकरण नेतृत्वबाट हटेपनि उनले सर्वोच्चमा शक्ति प्रयोगका लागि विचाैलिया परिचालन भने गरिरहेका छन् ।
हितेन्द्रदेव शाक्यमाथि कुलमानले मु्द्दाको पेशी नै ६ महिना पर धकेल्ने गरि ठूलो रकम खर्चिने गरेको र यसबारे सार्वजनिक रुपमा प्रश्न उठ्न थालेपछि फेरि अघि सार्ने क्रम चलेको थियो । तर, चोलेन्द्र हुँदा भने ५ दिनमै पेशी पार्ने गरेको स्थिति थियो । यस्तो स्थितिमा अहिले सर्वोच्चले नियमित सुनुवाई गर्दै अन्तरिम आदेश अस्वीकार मात्रै गरेको छैन्, मु्द्दालाई अग्राधिकार दिएर सुनुवाई गर्न समेत आदेश गरेको छ । यो मुद्दा अबको १० दिनपछि फेरि सुनुवाईमा जाने बताइन्छ ।
हितेन्द्र र कुलमानको मुद्दाको सुनुवाई संगसंगै भइरहेकाले पहिले न्याय हितेन्द्रले पाउने वा कुलमानले ? यो विषय अब न्यायिक चासोको विषय बनेको छ
Comments
अरु समाचार
-
चर्चित ५२ भाइको मुद्दा: रमनको जिकिरमाथि रमेशको दर्बिलो प्रहार
काठमाडाैं । चर्चित संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्धको रिटमा निवेदकका कानून व्यवसायीहरूले उठाएका तर्कमाथि महान्यायाधिवक्ता रमेश बडालले दर्बिलो प्रहार गरेका छन्...
-
भारतीय विद्युत मन्त्री आज नेपाल आउँदै, प्रसारण लाइन सम्झौतापत्रमा हस्ताक्षर हुने
काठमाडौं । भारतका विद्युत, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर मङ्गलबार (आज) नेपाल भ्रमणमा आउँदै छन् । ऊर्जा, जलस्रोत तथा...
-
ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका उम्मेदवार विजयी
काठमाडौं । नेपाल ल क्याम्पस स्ववियु सभापतिमा अनेरास्ववियुका समिर रिजाल निर्वाचित भएका छन् । विपक्षी नेविसङ्घका मोहम्मद प्रबेजलाई ११७ मतले...
-
आजको राशिफलः २०८२ साल वैशाख ९ गते मंगलबार
मेष : आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउनेछन्। श्रम परे पनि उपलब्धि कम मात्र प्राप्त हुनेछ। स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ।...
-
आफूलाई बाइपास गरेर अमेरिकासँग व्यापार नगर्न चीनको चेतावनी
बेइजिङ । अमेरिकासँग व्यापारिक सम्झौता गरेर आफ्नो व्यापार सीमित पार्न खोजे त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चीनले अन्य देशलाई चेतावनी दिएको...
-
शिक्षा मन्त्री भट्टराईले दिइन् राजीनामा
काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन् । मन्त्री भट्टराईले सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा...
-
रवि लामिछानेको रिट हेर्न नमिल्नेमा
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिट हेर्न नमिल्ने भएको...
-
रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण निवेदनको पेशी आज
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा परेको बन्दीप्रत्यक्षीकरण रिटको पेशी...
-
कालीकोट ट्याक्टर दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौं । कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । पलाँता-९ थिर्पुबाट खाद्यान्न बोकेर खिनतर्फ जाँदै गरेको ट्याक्टर...