कांग्रेस महामन्त्री शर्माको पूर्वराजालाई चुनौती, भने-८४ को चुनावबाट व्यवस्था परिवर्तन गर्नुस्
झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनावबाट जनमत सावित गरेर चाहे जस्तो व्यवस्था ल्याउन पूर्वराजालाई चुनौती दिएका छन् । झापाको मेचीनगर धुलाबारीमा पार्टीले आयोजना गरेको क्षेत्रीय प्रशिक्षण कार्यक्रममा आज उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफूसँग जनता छन् भन्ने लागेको भए २०८४ सालको चुनावमा ‘श्रीपेच चुनाव चिह्न’ लिएर दुई तिहाइ जनमत ल्याएर व्यवस्था बदल्न चुनौती दिए ।
महामन्त्री शर्माले भने, ‘चौरासी सालमा चुनाव हुँदैछ । यदि तपाईंलाई आफूसँग जनता छन् भन्ने लागेको छ भने श्रीपेच चुनाव चिह्नमा मत माग्नुहोस् । दुई तिहाइ ल्याएर जनता आफूसँग भएको देखाउनुहोस्, अनि संविधान संशोधन गरेर चाहेको व्यवस्था गर्नुस्, तर त्यसबाहेकका उपायद्वारा देशलाई अराजकतातिर लिने प्रयास स्वीकार्य हुँदैन ।’संविधानसभाको पहिलो बैठकले विधिवत रूपमा लोकतान्त्रिक गणतन्त्रको घोषणा गरेको स्मरण गर्दै उनले सडकमा केही समर्थक उतार्दैमा राजावादीले संविधानसभाको निर्णय उल्ट्याउन नसक्ने बताए ।
‘संविधानसभाको निर्णय बदल्ने उपाय भनेको विधिवत ढङ्गले संविधानको संशोधन हो । त्यसो गर्न चुनावमा दुई तिहाइ बहुमत ल्याउनैपर्छ’, महामन्त्री शर्माले भने, ‘हिजो राजाको पालामा जस्तो संविधान संशोधनको अधिकार कसैको हुकुम र हातमा नभएको हेक्का राख्न मेरो चेतावनी छ । सडकमा मान्छे उतार्दै आकाशतिर फर्केर मेरा जनता यति छन् र उति छन् भनेर अनुमान गरेको भरमा जनमत यकिन हुँदैन ।’उनले नेपाली जनताले कुन वंशको गर्भबाट जन्मेको भन्ने आधारमा नभई कस्तो कर्म गरेको भन्ने आधारमा आफ्ना प्रतिनिधि चुन्ने गरेको धारणा राखे ।
Comments
अरु समाचार
-
गगनविरुद्ध अदालतको अवहेलना मुद्दा सपना र नित्यानन्दको बेञ्चमा, पेशी पहिलो नम्बरमै
काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा सपना प्रधान मल्ल र नित्यानन्द पाण्डेयको इजलासमा पेशी चढेको छ...
-
लक्ष्मी सर सामुदायिक विद्यालय डुबाउने खेलमा !
काठमाडाैं । काठमाडाैंमा जारी शिक्षक आन्दोलन सहमतिभन्दा पनि बखेडातर्फ उन्मुख हुन थालेको प्रष्ट संकेतहरु देखिन थालेका छन् । नेपाल शिक्षक...
-
राष्ट्रपतिले वैशाख १९ मा प्रतिनिधि र राष्ट्रियसभामा सम्बोधन गर्ने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको बैठकलाई सम्बोधन गर्ने भएका छन् । यही वैशाख १९ गते दुवै...
-
प्रतिनिधिसभा बैठकमा आज भन्सार विधेयक प्रस्ताव गरिँदै
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे सुरु हुनेछ...
-
सरकार र शिक्षकबीचको वार्ता अगाडि बढ्न पुगेन तयारी
काठमाण्डौ । सरकार र आन्दोलनरत शिक्षक महासङ्घबीचको वार्ता सकारात्मक भएको छ । गएराति अबेरसम्म शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको...
-
आजको राशिफल : २०८२ वैशाख १६ गते मंगलवार
मेष: कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपरे पनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। आलोचकहरूले समेत प्रशंसा गर्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो...
-
शिक्षक आन्दोलनबारे सर्वोच्चलाई शिक्षा मन्त्रालयले फर्कायो जवाफ
काठमाडौं । शिक्षकलाई विद्यालयमा फर्काउन भइरहेको पहलबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सर्वोच्च अदालतलाई सोमबार जवाफ फर्काएको छ । सर्वोच्चले...
-
सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस
काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा सरकारको वार्षिक प्रतिवेदन पेस भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट रक्षामन्त्री मानवीर...
-
सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
काठमाडौं । सहकारी पीडितहरूले सोमबार काठमाडौंको माइतीघर मण्डलमा अर्धनग्न भएर प्रदर्शन गरेका छन् । लामो समयदेखि आन्दोलित सहकारी पीडितहरुले आज...