ताजा समाचार

शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा

काठमाडौं । शिक्षा ऐनको माग गर्दै गत चैत २० गतेदेखि काठमाडौं केन्द्रीत सडक आन्दोलन थालेको नेपाल शिक्षक महासंघले सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हड्तालको घोषणा गरेको छ ।

महासंघले आइतबार एक विज्ञप्ति जारी गर्दै भोलि (सोमबार) देखि देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेको हो। जारी विज्ञप्तिमा नतिजा प्रकाशन लगायतका सबै काम ठप्प पारेर शैक्षिक हड्तालाई सफल बनाउन देशभरका शिक्षक, कर्मचारीलाई आग्रह गरिएको छ।

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षकरकर्मचारी मैत्री विद्यालय शिक्षा ऐन गारी गराउन सरकारलाई दबाब दिने उद्देश्यले शैक्षिक हड्ताल घोषणा गरिएको महासंघले जनाएको छ।

२०८० असोजमा पनि राजधानीकेन्द्रित आन्दोलन गरेका शिक्षकले सरकारसँग सहमति गरेर आन्दोलन रोकेका थिए। तर, सहमति अनुसार शिक्षा ऐन नल्याएको भन्दै महासंघको नेतृत्वमा यसपटक पनि मुलुकभरका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारी चैत २० गतेदेखि बानेश्वर–माइतीघर क्षेत्रमा जम्मा भएर आन्दोलन गरिरहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org