अमेरिकामा आँधीका कारण १६ जनाको मृत्यु
काठमाडौं । संयुक्त राज्य अमेरिकाको मध्य–पूर्वी क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । राष्ट्रिय मौसम सेवाले शनिबार आँधीको चेतावनी जारी गरेको थियो ।
अर्कान्सासदेखि ओहायोसम्म फैलिएको आँधीबेहरीले भवनहरूमा क्षति पुराएको, सडकहरू बाढीमय भएको र हालैका दिनहरूमा दर्जनौँ चक्रवात उत्पन्न भएका छन्।
टेनेसी राज्यको पश्चिमी भागमा १० जनाको मृत्यु भएको राज्यका अधिकारीहरूले बताएका छन् । केन्टुकी राज्यका गभर्नर एन्डी बेशियरका अनुसार बाढीका कारण एक बालकसहित दुई जनाको मृत्यु भएको छ ।
सामाजिक तथा स्थानीय सञ्चारमाध्यममा शेयर गरिएका तस्वीरमा आँधीका कारण कैयौँ राज्यमा व्यापक क्षति पुगेको, घरहरू भत्किएको, रुखहरु ढलेको, बिजुलीको तार ढलेको र कारहरु पल्टिएको देखिएको छ ।
राष्ट्रिय मौसम सेवा (एनडब्ल्यूएस) ले मध्य–पूर्वी क्षेत्रका केही भागहरूमा आइतबारसम्म ‘व्यापक रूपमा आकस्मिक बाढी” आउन सक्ने चेतावनी दिँदै ‘जनजीवन र भौतिक संरचनामा क्षति हुने ठूलो खतरा रहेको’ चेतावनी दिएको छ।
आँधीका कारण मिसौरीमा दुई र इन्डियानामा एक जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यम र अधिकारीहरूले जनाएका छन् । अर्कान्सास राज्यको लिटिल रकस्थित एक घरमा पाँच वर्षीय एक बालक मृत अवस्थामा फेला परेको राज्यको आपतकालीन व्यवस्थापन निकायले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
केन्टुकीका गभर्नर बेशियरले शनिबार सामाजिक सञ्जालमा लेख्नुभएको छ, “धेरै समुदायमा बाढी रेकर्ड स्तरमा पुगेको छ, राज्यका बासिन्दाहरूलाई ‘यात्रामा ननिस्किन र जल क्षेत्रको नजिक नजान’ आग्रह गरिएको छ।
अर्कान्सास र टेनेसीमा आइतबार बिहानसम्म एक लाखभन्दा बढी ग्राहक विद्युत्विहीन रहेको ट्र्याकिङ वेबसाइट ुपावर आउटेज डट कमुले जनाएको छ ।
एनडब्लुएसले टेनेसी भ्याली र लोअर मिसिसिपी भ्यालीका केही भागमा आइतबार मध्यमदेखि गम्भीर आँधीबेहरी आउन सक्ने जनाएको छ ।
वैज्ञानिकहरूका अनुसार ग्लोबल वार्मिङले जलवायु परिवर्तन र पानीको चक्रलाई बिथोलिरहेको छ, जसले चरम मौसमलाई बारम्बार अधिक क्रूर बनाइरहेको छ ।
गत वर्ष संयुक्त राज्य अमेरिकामा उच्च तापमानको अहिलेसम्मकै उच्च रेकर्ड कायम भएको थियो भने चक्रवात र विनाशकारी आँधीबेहरीको असरले प्रभावित तुल्याएको थियो ।
Comments
अरु समाचार
-
रुस र युक्रेनबीचको वार्ता पटकपटक असफल, अमेरिकाले दियो चेतावनी
वासिङटन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रुस र युक्रेनबीचको वार्ता निरन्तर असफल हुने बारेमा चेतावनी दिएका छन् । उनले...
-
अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत आउँदै
काठमाडौं । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले...
-
अमेरिकामा चिनियाँ सामानमा २४५ प्रतिशत कर !
वासिङटन डीसी। अमेरिकाले चीनमा २४५ प्रतिशत कर लगाएको छ । चीनले अमेरिकाबाट आउने सामानमा लगाएको १२५ प्रतिशत कर अर्थात अतिरिक्त...
-
ट्रम्पको निशानामा विश्वविद्यालय, हार्वर्डको २ अर्ब डलरको कोष रोक्का
काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएर सत्तामा पुनरागमन गरेपछि विभिन्न शिर्षकमा खर्च कटौतीको लागि भन्दै अनेक प्रतिबन्ध र आर्थिक सहायता...
-
६ महिला सुरक्षित रूपमा अन्तरिक्षबाट पृथ्वी फर्किए
पप गायिका केटी पेरीसहित सबै ६ जना महिला लगभग ११ मिनेट लामो अन्तरिक्ष यात्रापछि सुरक्षित रूपमा पृथ्वीमा फर्किएका छन् ।...
-
ट्रम्पले चीनलाई १४५ प्रतिशत कर लगाउने
काठमाडौं । अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित भए पछि डोनाल्ड ट्रम्पले गरेका विभिन्न निर्णयले विश्वमा तहल्का पिटिरहेका छन् । त्यस्तै...
-
के पूर्वराष्ट्रपति ओबामाले आफ्नी पत्नीसँग डिभोर्स गर्दै छन् ?
काठमाडौं । यसअघि अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिशेल ओबामा हरेकजस्तो सार्वजनिक कार्यक्रममा सँगै देखिन्थे । गत जनवरी...
-
नदीमा हेलिकप्टर खस्दा ६ जनाको मृत्यु
काठमाडौं । स्पेनका पर्यटकहरूलाई बोकेको हेलिकप्टर न्युयोर्कको हडसन नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ । न्यूयोर्कका अधिकारीहरुका अनुसार मृत्यु...
-
अमेरिकामा उच्च भन्सार दर कार्यान्वयन ९० दिनका लागि राेकियाे
वासिङटन डीसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि लगाउनुभएको उच्च भन्सार दर कार्यान्वयनका लागि ९० दिनको रोक लगाउने बताउनुभएको छ ।...