ऐतिहासिक सम्पदाको संरक्षण गर्नु हाम्रो साझा दायित्व : राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहुजाति, बहुभाषा, परपम्परा र संस्कृति रहेको देशका अमूल्य सम्पदाको विकास, संरक्षण र संवद्र्धनमा तीनै तहको सरकारले ध्यान दिनु जरुरी रहेको बताएका छन् ।
“पाटन दरबार क्षेत्रमा पुनःनिर्माण गरिएको श्री देगुतलेजु मन्दिर उद्घाटन तथा शिलापत्र अनावरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सम्पदा संरक्षणमा नागरिकस्तरको सचेतना, जागरुकता र चासो उत्तिकै आवश्यक रहेको पनि बताए ।
“भावी सन्ततिका लागि यी अमूल्य सम्पदा हाम्रो समय, इतिहास र पूर्खालाई बुझ्ने महत्वपूर्ण कडी हुन् । देशका यस्ता महत्वपूर्णस्थलको संरक्षण र संवद्र्धन गरी पूर्खाको मेहनत, परिश्रम र चिनोको रुपमा रहेका कैंयौँ सम्पदाको संरक्षण हाम्रो साझा दायित्व हो”, राष्ट्रपति पौडेलले भने ।
उनले अनुपम भौगोलिक विविधताको सुन्दर देश नेपालमा प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं प्रकृतिको बरदानका रुपमा कैयौं रमणीयस्थल रहेको उल्लेख गर्दै अनगिन्ति मठमन्दिर, शक्तिपीठ, देवस्थल र तीर्थस्थल नेपालीको सभ्यता, संस्कृति तथा राष्ट्रिय गौरवसँग जोडिएको बताए ।
राष्ट्रपति पौडेलले ललितपुर महानगरपालिकास्थित विश्व सम्पदा सूचीभित्र पर्ने पाटन दरबार क्षेत्रको यो एउटा बहुमूल्य सम्पदा भएको उल्लेख गर्दै स्वदेशी विदेशीको प्रमुख पर्यटकीय गन्तव्य यहाँका सम्पदाले नेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाएको बताए । देशभर रहेका हाम्रा ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदा नेपाल र नेपालीको शान र पहिचान भएको उहाँको भनाइ थियो ।
राष्ट्रपति पौडेलले गोरखा भूकम्पमा क्षतिग्रस्त ऐतिहासिक सम्पदाको पूर्ववत्स्वरूप र संरचनामै पुनःनिर्माण तथा जीर्णोद्वार चुनौतीपूर्ण हुँदाहुँदै मन्दिर पुनःनिर्माणले पाएको सार्थकताले यहाँको शोभा र सौन्दर्य बढाएको उल्लेख गरे ।
त्यस अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सम्पदा, संस्कृति संरक्षणमा ललितपुरले गरेको चुनौतीपूर्ण कामको प्रशंसा गर्दै गौरव गर्न लायक सम्पदाको संरक्षण र सम्वद्र्धनमा उत्कृष्ट काम गरेको धारणा राखे । उनले पुरातात्विक संरचनामा कुनै पनि सम्झौता गरी इतिहासलाई कायम राख्दै १० वर्षको अन्तरालमा यो सम्पदा पुनःनिर्माणमा जापानको सहयोग र स्थानीयको समर्पण महत्वपूर्ण रहेको बताए । उनले नेपालको विविधतापूर्ण संस्कृति र प्रकृतिलाई जोगाउनु हामी सबैको कर्तव्य भएको भने । उनले यसलाई प्राथमिकता दिएर विश्वसामु परिचित गराउँदै नेपाललाई खुला सङ्ग्रहालयका रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।
नेपालका लागि जापानी राजदूत माएदा तोरुले अन्तरराष्ट्रिय समुदायको निरन्तर सहयोग र नेपालीहरुको अथक प्रयासले भूकम्पले क्षति पुराएको सम्पदाको पुनःनिर्माण सफल भएको बताए । उनले यो मन्दिर नेपाल र जापानबीचको मित्रताको रुपमा चीरकालसम्म निरन्तरता रहोस् भन्ने शुभकामना व्यक्त गरे ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पुरातात्विक सम्पदाहरुको ऐतिहासिक महत्वलाई पुरानै स्वरुपमा कायम राखेर निर्माण गर्न स्थानीयलाई जिम्मेवारी दिएर उपभोक्ता समितिमार्फत सम्पन्न गरेको जानकारी गराए ।
विसं २०७२ को भन्दा ठूलो भूकम्प आउँदा पनि अहिले पुनःनिर्माण गरिएका सम्पदा सुरक्षित रहने विश्वास व्यक्त गरे । देगुतलेजु मन्दिर पुनःनिर्माण समितिका अध्यक्ष किरणमान प्रधानले २०७२ को भूकम्पले क्षति पु¥याएको मन्दिर पुनःनिर्माण गर्ने चुनौतीपूर्ण कार्यको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरिएको जानकारी गराए ।
Comments
अरु समाचार
-
कांग्रेस क्रियाशील सदस्यहरुले जिल्लाबाटै अनलाइनमार्फत सूचीकरण गनुपर्ने
काठमाडौं। नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण गरेकाहरुको नामलाई अनलाइन सूचीकृत सम्बन्धित जिल्लाबाट गर्ने व्यवस्था गरिएको छ । मंगलबार बसेको सदस्यता...
-
गगनविरुद्ध अदालतको अवहेलना मुद्दा सपना र नित्यानन्दको बेञ्चमा, पेशी पहिलो नम्बरमै
काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा सपना प्रधान मल्ल र नित्यानन्द पाण्डेयको इजलासमा पेशी चढेको छ...
-
लक्ष्मी सर सामुदायिक विद्यालय डुबाउने खेलमा !
काठमाडाैं । काठमाडाैंमा जारी शिक्षक आन्दोलन सहमतिभन्दा पनि बखेडातर्फ उन्मुख हुन थालेको प्रष्ट संकेतहरु देखिन थालेका छन् । नेपाल शिक्षक...
-
राष्ट्रपतिले वैशाख १९ मा प्रतिनिधि र राष्ट्रियसभामा सम्बोधन गर्ने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको बैठकलाई सम्बोधन गर्ने भएका छन् । यही वैशाख १९ गते दुवै...
-
प्रतिनिधिसभा बैठकमा आज भन्सार विधेयक प्रस्ताव गरिँदै
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे सुरु हुनेछ...
-
सरकार र शिक्षकबीचको वार्ता अगाडि बढ्न पुगेन तयारी
काठमाण्डौ । सरकार र आन्दोलनरत शिक्षक महासङ्घबीचको वार्ता सकारात्मक भएको छ । गएराति अबेरसम्म शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको...
-
आजको राशिफल : २०८२ वैशाख १६ गते मंगलवार
मेष: कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपरे पनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। आलोचकहरूले समेत प्रशंसा गर्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो...
-
शिक्षक आन्दोलनबारे सर्वोच्चलाई शिक्षा मन्त्रालयले फर्कायो जवाफ
काठमाडौं । शिक्षकलाई विद्यालयमा फर्काउन भइरहेको पहलबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सर्वोच्च अदालतलाई सोमबार जवाफ फर्काएको छ । सर्वोच्चले...
-
सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस
काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा सरकारको वार्षिक प्रतिवेदन पेस भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट रक्षामन्त्री मानवीर...