रघुवीर महासेठलाई लखेट्ने रणनीतिमा लीला श्रेष्ठ: मधेसमा आक्रोश
काठमाडाैं । संविधान जारी भएपछि मधेसमा चलेको एमाले निषेध अभियान खस्किदै गएको छ । कुनैबेला एमाले र अध्यक्ष केपी ओलीलाई निषेध गर्ने भन्दै विभिन्न दल, व्यक्ति र संस्थासमेतले चलाएको अभियान पूर्णतः असफल बन्न पुगेको छ।
मधेसमा रघुवीर महासेठलाई पार्टीको जिम्मा लगाउदै अध्यक्ष ओलीले शुरु गरेको अभियानले सार्थकता पाउँदा अहिले एमालेले मधेसमा ठूलो फड्को मार्न सफल भएको छ । २०७९ को निर्वाचनबाट एमालले स्थानीय तह, प्रदेश र संघमा राम्रो नतिजा प्राप्त गर्नुका साथै मधेसमा एमालेले पकड थप बलियो पार्न थालेको छ ।
मधेसमा यसरी एमालेलाई बलियो पारेका रघुवीर पछिल्लो समय भने कोपभाजनमा पर्न थालेका छन् । मधेसको लामो समय इन्चार्जसिप सम्हालेपनि पार्टीलाई उचाईमा पुर्याउन नसकेका लीलानाथ श्रेष्ठको ठाडो आदेशमा रघुवीरलाई निषेध गर्न थालिएको छ ।
मधेसको सिरहा जिल्लाको अधिवेशन मंगलबार हुँदैछ । यसमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली उपस्थित हुने कार्यक्रम तय भएको छ । तर, रघुवीर भने कोपभाजनमा पर्दा सम्मेलनमा बोलाइएका छैनन् ।
लीलानाथको आदेशमा बोलाउने नेताहरुको लिस्टमा नाम नभएका कारण रघुवीरलाई नबोलाइएको सिरहाका कार्यवाहक अध्यक्ष नविन यादवले न्यूज नेपाललाई जानकारी दिएका छन् । लीलानाथले मधेसमा गुटको राजनीतिलाई फेरि सक्रिय बनाउन थालेको भन्दै नेताहरुले चर्को असन्तुष्टी जनाउन थालेका छन् । तर, यसलाई रोक्न अध्यक्ष ओलीबाहेकले सक्लान? चासोका साथ यो विषयलाई हेर्न थालिएको छ।
को हुन लीलानाथ श्रेष्ठ ?
लीलानाथ श्रेष्ठ अकुत सम्पत्तिका मालिक रहेको आरोप पार्टीभित्रै लाग्ने गर्छ । अझं केहिले त उनलाई सम्पत्तिको रक्षा गर्नकै लागि वामपन्थी राजनीतिमा लागेको आरोप लगाउने गर्छन् । लीलानाथका बुवाले गरिव किसान तथा बालबालिकाको प्रयोग गरि बिडी उत्पादन गर्ने गर्थे । लीला बिडी मधेशमा चर्चित र प्रख्यात समेत छ । यसरी सुर्ति र बिडी उत्पादनबाट मनग्य सम्पत्ति आर्जन गरेको लीलानाथको परिवार मधेसको राजनीतिलाई कब्जा गर्ने प्रयत्नमा जुटेको आरोप समेत लागिरहेको छ ।
मधेसमा एमालेलाई बलियो पार्न खटेका रघुवीरलाई निषेध गर्दै लीलानाथले चालेको कदममा एमालेले निर्णायक हस्तक्षेप चाल्दै पार्टीलाई पारदर्शी र व्यक्ति नभई संस्था केन्द्रित बनाउला ? मधेसमा चासो र चिन्ता बढेको छ ।
Comments
अरु समाचार
-
चर्चित ५२ भाइको मुद्दा: रमनको जिकिरमाथि रमेशको दर्बिलो प्रहार
काठमाडाैं । चर्चित संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्धको रिटमा निवेदकका कानून व्यवसायीहरूले उठाएका तर्कमाथि महान्यायाधिवक्ता रमेश बडालले दर्बिलो प्रहार गरेका छन्...
-
भारतीय विद्युत मन्त्री आज नेपाल आउँदै, प्रसारण लाइन सम्झौतापत्रमा हस्ताक्षर हुने
काठमाडौं । भारतका विद्युत, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर मङ्गलबार (आज) नेपाल भ्रमणमा आउँदै छन् । ऊर्जा, जलस्रोत तथा...
-
ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका उम्मेदवार विजयी
काठमाडौं । नेपाल ल क्याम्पस स्ववियु सभापतिमा अनेरास्ववियुका समिर रिजाल निर्वाचित भएका छन् । विपक्षी नेविसङ्घका मोहम्मद प्रबेजलाई ११७ मतले...
-
आजको राशिफलः २०८२ साल वैशाख ९ गते मंगलबार
मेष : आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउनेछन्। श्रम परे पनि उपलब्धि कम मात्र प्राप्त हुनेछ। स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ।...
-
आफूलाई बाइपास गरेर अमेरिकासँग व्यापार नगर्न चीनको चेतावनी
बेइजिङ । अमेरिकासँग व्यापारिक सम्झौता गरेर आफ्नो व्यापार सीमित पार्न खोजे त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चीनले अन्य देशलाई चेतावनी दिएको...
-
शिक्षा मन्त्री भट्टराईले दिइन् राजीनामा
काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन् । मन्त्री भट्टराईले सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा...
-
रवि लामिछानेको रिट हेर्न नमिल्नेमा
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिट हेर्न नमिल्ने भएको...
-
सुनको मूल्यमा नयाँ कीर्तिमान
काठमाडौं । कारोबार हुने साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी...
-
रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण निवेदनको पेशी आज
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा परेको बन्दीप्रत्यक्षीकरण रिटको पेशी...