ताजा समाचार

मुम्बईकै मैदानमा १० वर्षपछि बैंगलोरको रोमान्चक जित, आज दुई खेल हुँदै

काठमाडौं । मुम्बई इन्डियन्सलाई आफ्नै मैदानमा रोयल च्यालेन्जर्स बैंगलोरल १२ रनले पराजित गरेको छ । बैंगलोरले १० वर्षपछि वांखडे स्टेडियममा मुम्बाई इन्डियन्स विरुद्ध जित हासिल जित हासिल गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २१ रन बनाएको थियो । बैंगलोरका लागि कप्तान विराट कोहलीले ४२ बलमा ६७ रन बनाउँदा कप्तान रजत पाटिदारले ३२ बलमा ६४ रन बनाए ।

त्यस्तै देवदत पाडीकलले ३७ रन बनाउँदा जितेश शर्माले १९ बलमा ४० रनको विष्फोटक इनिङ खेलेका थिए । मुम्बईका लागि हार्दिक पाण्ड्या र ट्रेन्ट बोल्टले २–२ विकेट लिँदा भिगनेश पुथुरले १ विकेट लिएका थिए। लामो समयपछि टिममा फर्किएका जसप्रित बुमराह भने विकेटविहीन रहे ।

२ सय २२ रनको उच्च लक्ष्य पछ्याएको मुम्बई निर्धारित २० ओभरमा २ सय ९ रनमा समेटियो। मुम्बईले औषत सुरुवात गरेपनि तिलक वर्मा र हार्दिक पाण्ड्याले विष्फोटक इनिङ खेल्दै टिमलाई जित नजिक पुर्याएका थिए । वर्मा १८ औं र पाण्ड्या १९ औं ओभरमा आउट भएपछि मुम्बई ब्याक फुटमा धकेलिएको थियो ।

तिलक २९ बलमा ५६ रन बनाएर आउट हुँदा कप्तान पाण्ड्याले १५ बलमा ४२ रनको सानदार इनिङ खेलर आउट भए । अन्तिम ओभरमा क्रुनाल पाण्ड्याले ३ विकेट लिँदा संभावित जितको अवसरबाट मुम्बइ चुकेको थियो । उसका लागि थप दोहोरो स्कोरका रुपमा सुर्यकुमार यादवले २६ बलमा २८ रन बनाए भने विल ज्याक २२ रन बनाएर आउट भए। त्यस्तै ओपनरहरु रोहित शर्मा र रियल रिकेल्टन १७–१७ रनमा आउट भए ।

बैंगलोरका लागि क्रुनाल पाण्ड्याले ४ विकेट लिँदा जोस ह्याजलवुड र यश दयालले २–२ विकेट हात पारेका थिए। अर्को एक विकेट भुवनेश्वर कुमारका नाममा रह्यो। जित पछि बैंगलोर ४ खेलबाट ३ जित सहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। पराजित मुम्बइ पाँच खेलबाट १ जित सहित आठौं स्थानमा छ ।

प्रतियोगितामा आज डबल हेडरअन्तर्गत पहिलो खेलमा कोलकाता नाइटराइडर्स र लखनउ सुपर जायन्ट्स भिड्दा अर्को खेलमा पञ्जाब र चेन्नइ भिड्दै छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org