ताजा समाचार

जनकपुरधाम–जयनगर रेल सञ्चालनमा आएपछि जनतालाई ठूलो सहयोग पुगेको छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुरधाम–जयनगर रेल सेवा सञ्चालनमा आएपछि जनतालाई ठूलो सहयोग पुगेको बताएका छन् ।

आज मधेश प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले जयनगर–जनकपुर रेल सञ्चालनमा ल्याउनुलाई ठूलो उपलब्धिको रुपमा व्याख्या गरे । उनले भने, ‘मैले रेलको कुरा गर्दा मानिसहरुले मजाक उडाएका थिए, तर जयनगर–जनकपुर रेल सञ्चालनमा ल्याएँ ।’ उनले जनकपुर आएर आफैंले टिकट काटेर रेल चढेको सुनाए ।

उनले भने, ‘जजसले विरोध गर्छन् । उनीहरुलाई सित्तैमा (आफैंले टिकट काटेर भए पनि) रेलमा कुदाइदिने भनेको थिएँ, तर कोही आएनन् । सुरुमा कुरा काट्ने र विश्वास नगर्ने गरिन्छ । विश्वास छैन भने केही गर्न सकिँदैन । विश्वास छ भने जस्तोसुकै काम सहजै गर्न सकिन्छ ।’

ओलीले सुशासन कायम राख्न सुझावसमेत दिए । उनले मधेशको उत्पादनले देश पाल्न सकिने भन्दै नयाँ प्रविधिको प्रयोग गरी उत्पादन बढाउनुपर्नेमा जोड दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org